Online Nepal सोमबार, बैशाख १७ २०८१

इजरायलबाट थप १८ नेपाली भारत आइपुगे

इजरायलबाट थप १८ नेपाली भारत आइपुगे


मध्यान्तर
  • बुधबार, कार्तिक १ २०८०

  • काठमाडौँ । इजरायल–हमास युद्धका कारण इजरायलमा समस्यामा परेका थप १८ नेपाली भारत आइपुगेका छन् ।

    भारतका लागि नेपाली दुतवासले सामाजिक सञ्जाल फेसबुकमार्फत भारतीय सरकारको सहयोगमा उनीहरु आज बिहान दिल्ली आइपुगेको जनाएको हो ।

    इजरायल–हमास युद्धका कारण समस्यामा परेका आफ्ना नागरिक ल्याउने क्रममा भारतले आज बिहान १८ नेपालीलाई पनि ल्याइदिएको हो ।

    दुतवासले इजरायलमा समस्यामा परेका नेपालीलाई उद्धार गरि ल्याइदिएकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

    उनले नेपालीहरूलाई दिल्ली विमानस्थलमा स्वागत गर्दै नेपाल जानका लागि यातायातको व्यवस्था गरिएको समेत जनाएका छन् ।

    यसअघि नेपाल सरकारले विमान चार्टर्ड गरी २ सय ५४ नेपालीको इजरायलबाट उद्धार गरेको थियो । उनीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल गएका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार