Online Nepal आइतबार, बैशाख १६ २०८१

गाजामा युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाको भिटो प्रयोग

गाजामा युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाको भिटो प्रयोग


मध्यान्तर
  • शनिबार, मंसिर २३ २०८०

  • काठमाडौं । गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ।

    संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा गाजामा युद्धविराम गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने अमेरिका एक मात्रै राष्ट्र हो।

    सुरक्षा परिषद्‌का १५ मध्ये १३ देशहरूले संयुक्त अरब इमिरेट्सले अघि सारेको प्रस्तावको पक्षमा मतदान गरेका थिए। मतदानमा यूके अनुपस्थित थियो भने फ्रान्सले प्रस्तावको पक्षमा मतदान गरेको थियो।

    सुरक्षा परिषद्‌का पाँच स्थायी सदस्य राष्ट्रमध्ये कुनै पनि देशले भिटो प्रयोग गरे प्रस्ताव पारित हुन नसक्ने व्यवस्था छ। अमेरिकाले यूएईको प्रस्ताव “असन्तुलित” र अवास्तविक भएको बताएको छ।

    उसले प्रस्तावमा ‘बिनासर्त युद्धविराम’का लागि गरिएको अपिल र अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणको निन्दा नगरिएका कारण आफ्नो समर्थन नरहने बताएको छ।

    अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणमा १२०० जना मानिसहरूको मृत्यु भएको थियो।

    प्रतिक्रिया
    थप समाचार