Online Nepal सोमबार, जेष्ठ ७ २०८१

भारतले दाउदसहित चार जनालाई आतंकवादी घोषणा गर्‍यो

भारतले दाउदसहित चार जनालाई आतंकवादी घोषणा गर्‍यो


मध्यान्तर
  • बिहिबार, भाद्र १९ २०७६

  • काठमाडौं । भारतले लामो समयदेखि आफ्नो टाउको दुखाईको कारण मान्दै आएको दाउद इब्राहिमसहित चार जनालाई आतंकवादी घोषणा गरेको छ । उसले दाउदसहित लश्कर–ए–तोयबाका संस्थापक हाफिज सइद, जैश–ए–मोहम्मद प्रमुख मसुद अजहर, मुम्बई आक्रमणका आरोपी जकी उर्रहमान लखवीलाई आतंकवादी घोषणा गरेको हो । एक महिना अगाडि संसदबाट पास भएको आतंकवाद विरोधी एक कानुनअनुसार उनीहरुलाई आतंकवादी घोषणा गरिएको भारतीय गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    संयुक्त राष्ट्रसंघले यसअघि नै जैश–ए–मोहम्मद प्रमुख मसुद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गरिसकेको थियो । मसुद अजहरले भारतमा पाँच ठूला आक्रमण गराएको बताइन्छ । यसैगरी लश्कर(ए(तोयबाका संस्थापक हाफिज सइदको समूहमाथि भारतीय संसदमा आक्रमण गराएको आरोप छ ।भारतमा केही आतंकवादी आक्रमण गराएर वान्टेडको सूचीमा रहेका भारतीय अन्डरवर्ल्ड डन दाउद पाकिस्तानको कराँचीमा रहेको बताइन्छ । तर, पाकिस्तानले आफ्नो देशमा उनको उपस्थिति नकार्दै आएको छ ।

    यसैबीच भारतीय सेनाले भारतमा लश्कर–ए–तोयबामा आवद्ध दुई जनालाई गिरफ्तार गरेको जनाएको छ । पाकिस्तानले कश्मीर क्षेत्रमा लश्कर–ए–तोयबाका व्यक्तिहरुलाई भारतमा घुसपैठ गराउने कोसिस गरिरहेको र गुलमर्ग भन्ने स्थानबाट दुई जनालाई पक्राउ गरिएको भारतीय सेनाले जनाएको हो ।

    प्रतिक्रिया
    थप समाचार