Online Nepal आइतबार, बैशाख १६ २०८१

नेप्सेमा उच्च अंकको गिरावट, ४ अर्ब ११ करोडको कारोबार

नेप्सेमा उच्च अंकको गिरावट, ४ अर्ब ११ करोडको कारोबार


मध्यान्तर
  • मंगलबार, फाल्गुन २२ २०८०

  • काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । सोमबार ६ प्रतिशतले बढेको नेप्से मंगलबार भने ७०.३१ अंकले घटेर दुई हजार ७ दशमलव ६९ विन्दुमा बन्द भएको हो ।

    नेप्सेमा आज ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ३३ वटाको बढेको छ भने २१३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज गुँरास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ८.७३ प्रतिशतले बढेर प्रतिकित्ता ९९५ रुपैयाँ पुगेको छ ।

    आज बोटलसै नेपाल बालाजु लिमिटेडको शेयरमूल्य उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ४१ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    थप समाचार