Online Nepal आइतबार, बैशाख १६ २०८१

आजको मौसम : वाग्मती प्रदेशसहितका केही स्थानमा वर्षाको सम्भावना

आजको मौसम : वाग्मती प्रदेशसहितका केही स्थानमा वर्षाको सम्भावना


मध्यान्तर
  • शुक्रबार, चैत्र १६ २०८०

  • काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । मौसम पुर्वानुमान महाशाखाका अनुसार वाग्मती प्रदेशसहितका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।

    महाशाखाका बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
    यस्तै आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ बाँकी भू–भागमा आंशिक बदली हुनेछ ।

    कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार