Online Nepal शनिबार, बैशाख २९ २०८१

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरू

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरू


मध्यान्तर
  • आइतबार, बैशाख १६ २०८१

  • काठमाडौँ । तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन होटेल सोल्टीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन्।

    पहिलो दिन दुई वटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुई वटा सत्र पहिलो दिन राखिएको छ।

    दोस्रो दिन तीन वटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीन वटा समूहगत छलफल (प्यानल डिस्कसन)हुने बोर्डको कार्यालयले जनाएको छ ।

    दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नवीनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ।

    त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी, र नेपालको निर्यात प्रवर्द्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृङ्खलाबारे छलफल हुनेछ। तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यावसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिने जनाइएको छ।

    प्रतिक्रिया
    थप समाचार