Online Nepal शनिबार, जेष्ठ ५ २०८१

राष्ट्रिय तेकवान्दो प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)

राष्ट्रिय तेकवान्दो प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)


मध्यान्तर
  • मंगलबार, असोज २ २०७५

  • काठमाडौं । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति काठमाडौंले आयोजना गरेको राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । देशका विभिन्न जिल्लाबाट सहभागि भएका खेलाडिहरुले प्रतिश्पर्धामा भाग लिएका थिए । प्रतिश्पर्धामा चितवन, काठमाडौं, भक्तपुर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । चितवनले ५ स्वर्णसहित एक रजत हात पार्यो ।

    काठमाडौंले ५ स्वर्ण र भक्तपुरले ३ स्वर्ण एक रजत हात पारे । त्रिपुरेश्वर रंगशालाको कभर्डहलमा सम्पन्न एक दिवसीय प्रतियोगितामा १६ तौल समूह र ४ पुम्सेमा गरी २० समूहमा प्रतिस्पर्धा भएको प्रतियोगितामा ७ प्रदेशका २५० खेलाडीहरुले भाग लिएका थिए । २० स्वर्ण , २० कास्य, ४० रजतको उपाधि प्रतिस्पर्धामा ललितपुरका साजन मर्हजन पुरुषतर्फ र रुपन्देहीकी समिक्षा बुढाथोकी महिलातर्फ उत्कुष्ट खेलाडी सावित भए ।

    प्रतियोगिता काठमाडौं जिल्ला कार्य समितिका अध्यक्ष विनय महतको सभापतित्वमा भएको थियो । महतले आफ्नो जिम्मेवारी पुरा गर्न कुनै कसर वाँकी नराख्ने बताए । उनले आफ्नो जिम्मेवारीमा कतै कमिकमजोरी देखि त्यस्तोबाट पाठ सिक्दै अघि वढ्ने बताए । महतले प्रतियोगिता भव्य र सव्य रुपमा सम्पन्न गराउन सहयोगी भूमिका खेल्ने जनचेतना नेपाल र यसका स्वयंसेवीहरुको प्रशंसा गर्दै सवैप्रति आभार तथा धन्यवाद व्यक्त गरे ।

    राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य खेलकुदमा महिलाहरुको सहभागीतालाई बढाउनु रहेको जनचेतना नेपालका अध्यक्ष एवं राष्ट्रिय तेक्वान्दो संघ काठमाडौं जिल्लाका उपाध्यक्ष वालकृष्ण निरौलाले बताए । निरौलाले नियमकानुनभन्दा वाहिरको बेथितिको अन्त्य गर्दै नेपालकै सवै भन्दा उत्कृष्ट पदकको संज्ञा दिदै यो खेलमार्फत अन्तराष्ट्रिय स्तरमा अझ बढी पदक ल्याउनमा मद्दत पुग्ने बताए ।

    काठमाडौं जिल्ला कार्यसमितिका सचिव रोशन वोहोराले ७ प्रदेशका प्रतियोगिहरुसंगको निरन्तर संवादमा रही कार्यक्रम संयोजन गरेका थिए । बोहोराले नेपालले पनि अन्तराष्ट्रिय स्तरमा प्रतियोगिता गर्न सक्षम भईसकेको बताउदै स्वागत मन्तव्य राखे ।

    प्रतियोगिताको अवसरमा संचारकर्मी तेजेन्द्र काफ्ले, जनचेतना नेपालकी सचिव आश्मा घिमिरे, खेलकुद पत्राकार श्रीविक्रम भण्डारी लगायतलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले सम्मान प्रदान गरेका थिए । मन्त्री सुनारले यो प्रतियोगिताले प्रतियोगिहरुको मात्र हैन देशकै खेल जगतमा ठुलो उपलव्धि हासिल भएको वताए ।

    उक्त कार्यक्रम राष्ट्रिय तेकवान्दो संघ नेपालका राष्ट्रिय महासचिव राजकुमार कार्कीको मार्गनिर्देशनमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीवाट उद्घाटन, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारवाट समापन भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार