Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एनसेलको ‘भ्यालेन्टाइन अफर’-यसरी गर्नुहोस् सुचारु

एनसेलको ‘भ्यालेन्टाइन अफर’-यसरी गर्नुहोस् सुचारु


मध्यान्तर
  • बिहिबार, माघ १७ २०७५

  • काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । यो सेवा प्रयोग गरि भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसंग सुलभ दरमा असिमित कुराकानीको मजा लिन पाईने भएको छ ।

    नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लि.ले आफ्ना ग्राहकका लागी भ्यालेन्टाइन अफर ल्याएको छ, जसअन्तर्गत ग्राहकले आफुले छानेको एउटा विषेश एनसेल नम्बरमा मात्र ५० पैसा (कर सहित ६४ पैसा) प्रति मिनेटका दरले कुरा गर्न सक्ने एनसेलले जनाएको छ ।

    यो भ्यालेनटाइन अफर यहि शुक्रबार (माघ १८) बाट लागु हुने कम्पनीले जनाएको छ । अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग बिना कुनै शुल्क पेयर गरी मात्र ५० पैसा (करबाहेक) प्रति मिनेटमा फेब्रुअरी महिना भर (माघ १८ देखि फागुन १६ गते) कुरा गर्न सक्नेछन् ।

    यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउनेछन् । यसरी प्राप्त निःशुल्क एसएमएस पेयर गरिएको नम्बरमा सन्देशहरु पठाउन प्रयोग गर्न सकिनेछ ।

    ग्राहकले एस्ट्रिक्स् १७१०६ एस्ट्रिक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले सिधै १७१०६ डायल गरेर पनि अफर सुचारु गरी आफुले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् । साथै उनीहरुले एनसेल एपबाट पनि यो सेवा सहजै सुचारु गर्न सक्छन् ।

    भ्यालेन्टाइन अफरले ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहि रहन मद्द गर्ने विश्वास एनसेलले लिएको छ ।

    प्रतिक्रिया
    थप समाचार