Online Nepal बुधबार, जेष्ठ २ २०८१

अहिलेको गठबन्धन फुट्दैन : प्रचण्ड

अहिलेको गठबन्धन फुट्दैन : प्रचण्ड


मध्यान्तर
  • सोमबार, पुष ५ २०७८

  • काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्तमान गठबन्धन फुट्न नदिने बताएका छन् । एमाले अध्यक्ष केपी ओलीले गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् ।
    सोमबार नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउने बताए ।

    हामी प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्नेगरी प्रस्तुत हुन्छौँ । उहाँले विभिन्न टुटाउन चालबाजी गर्न खोज्नुभएको छ, त्यो सफल हुनेछैन’, प्रचण्डको भनाइ छ । उनले गठबन्धनमा पटकपटक छलफल भइरहेको भन्दै कुनै हालतमा गठबन्धन कमजोर र टुटाउन नदिनेबारेमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवासँग छलफल भइरहेको बताए ।

    त्यसक्रममा प्रम देउवाले ओली प्रवृत्तिलाई सफल हुन नदिने विश्वास व्यक्त गरेको प्रचण्डको भनाइ छ । उनले वर्तमान सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै देशलाई ट्रयाकमा हिँडाउने प्रयास गरेको बताए । उनले प्रतिगमन र प्रतिक्रान्तिका विरुद्धमा लड्न प्रेरणा मिलिरहेको समेत बताए ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार