Online Nepal मंगलबार, बैशाख २५ २०८१

मोबाइल रिचार्ज कार्ड बन्द हुँदै, आगामी साउन १ गतेदेखि विद्युतिय प्रणाली मार्फत सेवा

मोबाइल रिचार्ज कार्ड बन्द हुँदै, आगामी साउन १ गतेदेखि विद्युतिय प्रणाली मार्फत सेवा


मध्यान्तर
  • मंगलबार, बैशाख ३ २०७६

  • काठमाडौं । सरकारले विभिन्न दूरसंचार कम्पनीहरुले जारी गरेका मोबाइल रिचार्ज कार्ड विस्थापित गर्ने भएको छ । मंगलबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको बैठकले विद्युतिय प्रणाली मार्फत मोबाइल रिचार्ज गर्ने प्रवन्ध मिलाउन सबै दूरसंचार कम्पनीहरुलाई निर्देशन दिंदै क्रमबद्ध रुपमा काठमाडौं उपत्यका र देशैभर मोवाईल रिचार्ज कार्ड विस्थापित गर्ने निणर्य गरेको हो ।
    आगामी साउन १ गतेदेखि लागु हुने गरी पहिलो चरणमा काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रमा विद्युतिय प्रणाली मार्फत सेवा प्रवाह गरी क्रमशः मुलुकका सबै स्थानमा विस्तार गर्न दूरसंचार कम्पनीहरुलाई मन्त्रीपरिषदको बैठकले निर्देशन दिने निर्णय गरेको स्रोतले जनायो ।

    बैठकमा मुख्यसचिव, प्रधानमन्त्री कार्यालयका सचिवहरु, नेपाल टेलिकमका प्रतिनिधि, एनसेलका प्रतिनिधि, दूरसंचार प्राधिकरणका प्रतिनिधि लगायतको उपस्थिति थियो । बैठकले मोवाईल सेवा प्रदायक कम्पनीहरुले आफ्ना ग्राहकलाई वितरण गरेको रिचार्ज कार्डलाई जेठ महिनाभित्रमा डिस्पोज गराउन पनि निर्देशन गरेको छ । प्रधानमन्त्रीको कार्यालयले त्यस्ता कार्ड डिस्पोज गराउने अभियान थाल्ने पनि दूरसंचार कम्पनीहरुलाई निर्देशन गरेको बुझिएको छ ।

    प्रतिक्रिया
    थप समाचार