Online Nepal मंगलबार, बैशाख २५ २०८१

यूनाइटेड सिमेन्ट्सको योजनाः ‘नयाँ बर्षको बम्पर उपहार सररर…कार’

यूनाइटेड सिमेन्ट्सको योजनाः ‘नयाँ बर्षको बम्पर उपहार सररर…कार’


मध्यान्तर
  • शुक्रबार, बैशाख ६ २०७६

  • काठमाडौं। यूनाइटेड सिमेन्ट्स कम्पनीले नयाँ बर्षको अवसर पारेर नयाँ ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले बजार प्रवर्द्धन तथा ग्राहकलाई लक्षित गर्दै ‘यूनाइटेड सिमेन्ट्सको उपहार सरर… कार’ योजना सार्वजनिक गरेको हो।

    कम्पनीले सार्वजनिक गरेको उपहार योजना अन्तर्गत हरेक २५ बोरा यूनाइटेड सिमेन्ट्सको खरिदमा ग्राहकले स्क्र्याच कुपन पाउनेछन् । कुपन स्क्र्याच गरेर ग्राहकले कम्तीमा पनि ५ देखि ५० ग्राम चाँदी वा १ ग्राम देखि १ तोलासम्म सुन जित्न सक्नेछन् ।

    कुपन स्क्र्याच गर्दा ५ ग्राम चाँदी परेमा खरिद गरेको पसलबाट तुरुन्तै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यसका साथै योजनाको अन्त्यमा हुने बम्पर लक्की ड्रबाट ५ जोडीले दुबई भ्रमण र १ जना भाग्यशाली विजेताले हुण्डाईको स्यान्ट्रो कार पनि जित्न सक्नेछन् ।

    विभिन्न समयमा आकर्षक उपहार योजना सार्वजनिक गर्दै आएको यूनाइटेड सिमेन्ट्सले आफ्ना ग्राहकमाझ नेपाली सिमेन्ट जगतमै पहिलो पटक सबै भन्दा ठूलो मूल्यको बम्पर उपहार योजना ल्याइएको दावी गरेको छ ।

    ललितपुरको लेलेस्थित आफ्नै चुनढुङ्गा खानीबाट चुनढुङ्गा उत्खनन गरि सिमेन्ट तथा क्लिङ्गकर उत्पादन गर्दै आएको यूनाइटेड सिमेन्ट्सको फ्याक्ट्री धादिङ्गको नौबिसेमा रहेको छ । उपत्यकाबाट यति नजिक विशाल फ्याक्ट्री रहेको यूनाइटेड सिमेन्ट्सले गुणस्तरिय सिमेन्ट उत्पादन गरि बजारमा राम्रो पकड जमाउन सफल भएको छ । भविष्यमा पनि आफ्ना ग्राहकलाई लक्षित गरि अन्य विशेष योजना पस्कने यूनाइटेड सिमेन्ट्सले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार