Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

सुदुरपश्चिम प्रदेशको धनगढीबाटै श्रमस्विकृत दिन सुरु

सुदुरपश्चिम प्रदेशको धनगढीबाटै श्रमस्विकृत दिन सुरु


मध्यान्तर
  • शुक्रबार, माघ ११ २०७५

  • धनगढी । सुदुरपश्चिम प्रदेशको धनगढीबाट श्रमस्विकृति दिन सुरु गसिरएको छ । शुक्रबार देखि नै वैदेशि रोजगारिमा जाने युवाहरुलाई श्र स्विकृति दिन लागिएको हो ।

    आबाट यहाँ बैदेशिक रोजगारबाट विदामा घर फर्किएका युवाहरुलाई पुनः श्रम स्वीकृति दिईने छ। श्रम तथा रोजगार कार्यालय धनगढीका निमित्त प्रमुख कृष्णानन्द जोशीले शुक्रबार बिहान एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको हो । धनगढीबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि सुदूरपश्चिमका युवाहरुलाई काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ ।

    श्रम कार्यालयका सूचना अधिकारी जयदेव विष्टले विभागले एक जना भाषा अनुवादक पठाएको र एक जना कम्प्युटर अपरेटर कार्यालयले नियुक्त गरेको बताए । सामाजिक विकास मन्त्रालय मातहतको श्रम तथा रोजगार कार्यायमा रहेको रोजगार सूचना केन्द्रको कक्षबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाईएको छ ।

    हाललाई कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गरिनेछ । यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवंम अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम कार्यालयबाट हुनेछ ।

    प्रतिक्रिया
    थप समाचार