Online Nepal शनिबार, बैशाख १५ २०८१

आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती ,वार्षिक ६० लाख जोगिने

आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती ,वार्षिक ६० लाख जोगिने


मध्यान्तर
  • सोमबार, पुष १६ २०८०

  • काठमाडौँ ।  सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स–साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद बैठकमा हुने खाजा कटौती भएसँगै वार्षिक करिब रु ६० लाख जोगिएको छ । आजदेखि मन्त्रिपरिषद् बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार