Online Nepal बिहिबार, बैशाख २७ २०८१

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित


मध्यान्तर
  • शनिबार, बैशाख १५ २०८१

  • काठमाडौँ । आज भएको पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ । खेल कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको थियोे ।  वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेले । उनले सर्वाधिक १ सय १२ रन बनाए । उनले ५४ बलमा १० चौका र ६ छक्का हिर्काए ।

    यस्तै दीपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रनको योगदान दिए । उनले यस क्रममा २ चौका र १ छक्का हिर्काए । कुशल भुर्तेल र कुशल मल्लले १६–१६ रन बनाएका थिए  ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । वेस्ट इन्डिज टोलीका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा ९ चौका र २ छक्का हिर्काए ।

    शृङ्खलाको दोस्रो खेल आइतबार हुनेछ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा हुनेछ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार