काठमाडौँ । इलाम- २ मा जारी उपनिर्वाचनमा एक्जिट पोलको नाममा नक्कली मतदान गराएको पाइएको छ ।
मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ ।
क्याम्पसकै होस्टेलमा छात्राहरूले निर्वाचनका विषयमा एक्जिट पोल गराएको खुलेको छ । ती युवतीहरूलाई मतदान गरेर फर्किएकाहरूलाई पुन मतदान गर्न लगाउने सर्तमा राखिएको प्रहरीले जनाएको छ । उनीहरूले मतदान गरेर फर्किएकाहरूलाई पुन नक्कली मत पत्रमा मत खसाउन लगाउने गरेका थिए ।
महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।