Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

कोरियन भाषा परीक्षाफल प्रकाशन, कोटाभन्दा २ हजार बढी उत्तीर्ण

कोरियन भाषा परीक्षाफल प्रकाशन, कोटाभन्दा २ हजार बढी उत्तीर्ण


मध्यान्तर
  • शुक्रबार, असार १३ २०७६

  • काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि गत जेठ महिनामा भएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ ।

    नतिजा बिहीबार राति १२ बजे प्रकाशित भएको हो । सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये १२ हजार १५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । यो कोरियाले कामदारका रुपमा लैजान निर्धारण गरेको कोटा भन्दा २ हजार बढी हो । परीक्षा दिने परीक्षार्थीमध्ये कृषिका लागि ३७ ल्याउने पास भएका छन् भने उत्पादनमूलक क्षेत्रका लागि परीक्षा लेख्ने ३८ ल्याउने पास भएका छन् ।

    कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका ९२ हजार ३ सय ५६ जना परीक्षार्थीमध्ये ८४ हजार २ सय १५ जना भाषा परीक्षामा सहभागी भएका थिए ।

    प्रतिक्रिया
    थप समाचार