Online Nepal शनिबार, जेष्ठ ५ २०८१
समाचार टिप्पणी

आन्तरिक द्वन्दमा फसेको प्रतिपक्ष

आन्तरिक द्वन्दमा फसेको प्रतिपक्ष


मध्यान्तर
  • शनिबार, कार्तिक २२ २०७७

  • काठमाडौं । मुलुकको पुरानो लोकतान्त्रीक पार्टी नेपाली कांग्रेस इतिहासकै कमजोर प्रतिपक्षमा छ । पटकपटक परिवर्तनको नतृत्व गर्दै आएको कांग्रेस अहिले प्रतिपक्षको भुमिकासमेत निभाउन सकेको छैन । चुनावमा हारजित स्वभाविकै हो तर जनताले प्रतिपक्षको भुमिका दिएकाले त्यसको जवाफदेहि बन्नुपर्छ तर कांग्रेसले त्यो पनि गर्न सकेको छैन । कम्युनिष्ट सरकार बनेको तीन बर्ष पुग्न लागिसक्यो अहिलेसम्म जनताको समस्या समाधान गर्न गर्न र मनछुने काम केहि गर्न सकेको छैन ।

    खाली काण्डै काण्डको सरकार हुँदा प्रतिपक्षले जोडदार रुपमा अवाज उठाउनु पर्नेमा निदाएर बसेको छ । कोरोना संक्रमण आएपछि सरकारले यो महामारी नियन्त्रण गर्नलाई कुनै काम गर्न सकेन तर त्यसलाई खबरदाररी गर्नुपर्नेमा एउटा विज्ञप्ति निकालेर झारा टार्ने काम गरेको छ । त्यस्तै कांग्रेस आन्तरिक किचलो तथा द्वन्दमा फसेको छ । सरकारको हरेक काम कारबाहिलाई खबरदारी गर्नुपर्ने ठाउँमा आफै घर झगडा गरेर बस्दा सरकार छाडा भएको हो ।

    पार्टीको आन्तरिक कुरा बाहिर सार्वजनिक हुन नहुने तर कोठाभित्र गर्नुपर्ने विवाद पत्रकार सम्मेलन गरेर सुरु हुन्छ । त्यहि हो लोकतान्त्रिक पार्टीको चरित्र ? १४ औं महाधिवेशन संघारमा छ । पार्टीले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ तर सो कार्यतालिका अनुसार अधिबेशन हुन सक्दैन । अहिले एक पक्षले तोकिएकै कार्यतालिकामा गर्नुपर्छ भन्छ, अर्को पक्ष त्यो कार्यतालिकामा गर्न सकिंदैन भन्छ । दिनदिनै मिटिङ, छलफल, भेटघाट हुन्छ तर निष्कर्ष सून्य ! पटकपटक केन्द्रीय समितिको बैठक सरेको सर्यै छ । खालि गुटगत भेलामा रमाइरहेका छन् कांग्रेसका नेताहरु । तर निर्णय हुन सक्दैन ।

    एउटाले भनेको अर्कोले नटेर्र्ने, एउटाको जित अर्कोले नस्विकार्ने, बहुमतको निर्णय नमान्ने, यो कस्तो लोकतान्त्रिक पार्टी हो ? खाली आन्तरिक द्वन्दमा रमाउँदा सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन । सरकार खाली भ्रष्टाचार र काण्ड मच्चाउन तल्लीन रहँदा प्रतिपक्षले त्यसलाई रोक्नुपर्नेमा खाली आन्तरिक झगडा गर्नु देश, जनता र लोकतन्त्रको लागि दुर्भाग्य हो ।

    कांग्रेसले अब आन्तरिक द्वन्दमा फस्ने होइन सरकारलाई खबरदारी गर्ने हो । आन्तरिक द्वन्दले गर्दा देश नै बर्वादीतिर जान लागिसक्यो । संविधान र व्यवस्थामाथि खतरा बढ्यो, आफुले ल्याएको व्यवस्थालाई जोगाउनु कांग्रेको कर्तव्य हो । लोकतान्त्रिक पार्टीले लोकतन्त्रको रक्षा र विकास गर्नुपर्दछ । पार्टीमा लोकतान्त्रिक पद्धति विकास भयो भने देशलाई पनि लोकतान्त्रिक पद्धतिमा लान सकिन्छ । आफु पहिला लोकतान्त्रिक हुनुपर्यो अनि अरुलाई भन्ने हो । त्यसैले सरकारलाई सहि बाटोमा ल्याउन कांग्रेसले आन्तरिक द्वन्दलाई तत्काल व्यवस्थित गर्नुपर्दछ ।

    प्रतिक्रिया
    थप समाचार