Online Nepal शनिबार, जेष्ठ ५ २०८१

राष्ट्रिय स्वाभिमानको महत्व इतिहासबाट सिक्नसक्नु पर्छ

राष्ट्रिय स्वाभिमानको महत्व इतिहासबाट सिक्नसक्नु पर्छ


दीर्घराज प्रसाई
  • मंगलबार, कार्तिक २५ २०७७

  • –दीर्घराज प्रसाई

    नेपालको सार्वभौमसत्ता र यसको स्थायित्वका आधार स्तम्भलाई हामी नेपालीहरुले जोगाउन सक्यौं भने मात्र संसारको पुरानो सार्वभौमसत्तासम्पन्न देशभूमि नेपाललाई युगयुगान्तरसम्म बचाएर विश्वमा नेपाल उभिएको देखाउन सक्छौं । यसको लागि हामी सम्पूर्ण नेपालीको समर्पण चाहिन्छ । हामीले इतिहासलाई पल्टाएर हेरौं । संसारलाई आफ्नो प्रभावमा राख्ने महत्वाकांक्षा लिएर सिकन्दर आक्रमण गर्ने योजना लिएर २३२८ बर्ष अगाडि यूनानबाट भारतबर्षतिर लागे । त्यसबेलामा भारतबर्ष साना–साना थुप्रै राज्यहरुमा विभक्त थियो । सिकन्दरले आफ्नो पहिलो लक्ष्य हिन्दुकुट, गन्धार क्षेत्रको तक्षशिलालाई आक्रमण गर्ने योजना बनाएर हिंडे । त्यसबेला समृद्ध, प्रशिक्षित राज्यको रुपमा मानिएको तक्षशिलाका हिन्दु राजा आम्भीले सिकन्दरको शक्तिशाली फौजका डरले युद्धै नगरी सिकन्दरको अधिनता स्वीकार गरे । कमजोर, डरपोक राजाको कारणले तक्षशीलाको नामनिसाना रहेन, ध्वस्त भयो । राजा आम्भीले सिकन्दरको दासता स्वीकार गरेपछि यूनानका भोका सैनिकहरुले लुट मच्चाउने थाले, तक्षशीलाका महिलाहरुको बलत्कार, मनमौजी गरे, महीलाहरु बासनाको शिकार बने । त्यसपछि तक्षशिला विश्वविद्यालयमा रहेका पुस्तकालयका सम्पूर्ण पुस्तकहरु जलाउने आदि इत्यादि अनेकौं उत्पात मच्चाउन थाले । सिकन्दरले संस्कृतलाई हटाएर तक्षशिला विश्वविद्यालयमा यूनानी भाषा चलाए । विदेशीहरुको आक्रमण यति विभत्स हुन्छ कि त्यसको वर्णन गरेरै सकिदैन ।

    त्यसबेला उता मगध राज्यमा भष्ट्र नन्दीवंशले शासन गरिरहेको हुँदा त्यस्तो भ्र्रष्ट राजाबाट पनि संरक्षण पाउन सक्ने स्थिति थिएन । त्यसबेला तक्षशीलाको विश्वविद्यालयका प्राचार्य कौटिल्य (चाणक्य) थिए । जहाँसम्म नन्दीवंशलाई समाप्त नगरेसम्म अन्न नखाने संकल्प गरेर चाणक्य हिडेका थिए । कारण थियो एक समय हिडिरहेको बेला खुट्टामा कुशले घोचेर रक्ताम्य बनाएकाले आक्रोशित भएर एक ब्राम्हण कुश माथि उभ्रिmरहेको देख्दा त्यही बाटो हिड्दै गरेका नन्दीराजाका प्रधानमंत्रीले देखेर सोधेका थिए– ‘किन यसरी उफ्रिरहेको ?’ ‘कुशले खुट्टामा रक्ताम्य बनाएकाले यसलाई पत्ताल भसाउन कुल्चेको’ भन्ने कुरा ती ब्राम्हणबाट सुनेपछि राजाको व्यवहारसँग असंतुष्ट प्रधानमंत्रीलाई लाग्यो– ‘यही ब्राम्हणले नन्दीराजालाई तह पनि लगाउन सक्छ’ भन्ने मनसायबाट प्रधानमंत्रीले नन्दीराजाको बाबुको श्राद्धमा आमन्त्रण गरेका थिए । श्राद्धको दिन त्यो कालो ब्राम्हणलाई देख्नसाथ प्रधानमंत्रीलाई लक्षीतगर्दै ‘यो कुरुप को हो ? तुरुन्त यसलाई दरबारबाट निकाल’ भनेर छीछी र दूरदूर् गरेपछि चाणक्य साहै अपमानीत भएर ‘नन्दीराजालाई सिंहसानबाट नहटाएसम्म अन्न नखाने प्रण गरेर तक्षशीला पुगेका थिए । त्योबेला सिकन्दरले तक्षशीला आक्रमण गरेर दव्दवा मच्चाएको र आफ्नो क्षेत्रको इज्जत् लुटिएको देखेर चाणक्यले भारतबर्षको इज्जत बचाउन पुरु राजासँग माग गरे । राजा पुरुले सशक्त सैन्य शक्ति खडा गरे । तर पनि सिकन्दरका आक्रोशित फौजको चौतर्फी आक्रमणबाट उनको हार हुन गयो । तर पनि उनले सिकन्दरको दासता स्वीकार गरेनन् । युद्ध हारेका पुरुलाई सिकन्दरले सोधे—‘तपाईसँग म अव कस्तो व्यवहार गरुँ’ वीर पुरुले स्वाभिमानकासाथ भने—‘एउटा राजाले अर्को राजासँग जस्तो ब्यवहार गर्छन् त्यस्तै । सिकन्दरलाई पुरुको स्वभिमान देखेर ठूूलो प्र्रभाव प¥यो । सिकन्दरले मित्रतापूर्ण व्यबहार गर्दै पुरुको राज्य वापस् गरी जितेका अन्य साना राज्यहरु पनि पुरुका राज्यमा गाभ्ने जिम्मा लगाएर यूनान फर्के । आफ्नो देशको स्वतन्त्रता र स्वभिमानको रक्षा गर्न त्यहाँका बासिन्दाहरु ज्यानसम्म अर्पण गर्न तत्पर थिए । अनेकौं चुनौतिहरुको सामना गरेर त्यो क्षेत्रका हिन्दु जनताहरुलाई पेलेर भारतबर्ष कब्जा गर्न चाहेनन् । विवश भएर सिकन्दर आफ्नो देश फर्के ।

    त्यसपछि मगधको नन्दीबंश समाप्त गर्नमा अनेकौं उपायमा चाणक्य केन्द्रीत भए । नन्दीराजाका प्रधानमंत्रीले चाणक्यलाई नेपालको कपीलबस्तुमा लुकाएर राखेको कुरा गोप्य जानकारी दिएका थिए । त्यसैको आधारमा नन्दीराजाको चौतर्फी बेइज्जत होहल्ला गराएपछि केही नलागेर नन्दी राजा राजसिंहासनबाट पदच्यूत भए । त्यसपछि नन्दीराजाले गाउँमा लुकाएर राखेकी नोकर्नी–रखौटी मुराबाट जन्मेका चन्द्रगुप्तलाई राजा बनाएर नन्दीवंश समाप्त गरेर चन्द्रगुप्तकी आमाको नाम मुराबाट मौर्यवंश स्थापना गराउन सफल बने । सारा भारत एकत्रित भयो । यस्तो हुन्छ– स्वाभिमान र राज्यको प्रतिष्ठाको कुरा । भारतमा मगधका राजा चन्द्रगुप्तले सिकन्दरका सेनापति सेल्यूकसकी छोरी हेलेना विवाह गरेका थिए र अस्टिन नामको छोरो जन्मियो । उनी आफ्नो छोरोलाई सिंहासनमा राख्न चहान्थिन् । अर्की रानीतर्फका चन्द्रगुप्तका छोरा बिम्बिसार सिंहासनमा बसिसकेका थिए । बिम्बिसार शिकार खेल्न गएको बेला आफ्नै सैनिकको षडयन्त्रका शिकार बने । रानी अस्टिनलाई राजा बनाउन आतुर बनिन् । तर बिम्बिसार मरेका थिएनन् । उनलाई गाउँको गरिब ब्राम्हण देवशर्माकी पुत्रीले घाइते राजालाई झुपडीमा नैं राखेर दबाई–मूलो गरेर ज्यान बचाइन् । पछि बिम्बिसारले उनैसँग विवाह गरे । उनले पछि मात्र राजा बिम्बिसार भएको थाहा पाइन् । उनको नाम धर्मा थियो । उनले अशोक जन्माइन् । (राजेन्द्र स्थापित) । उता बिम्बिसारलाई कैद गरेर रानी वैदेहीतर्फका छोरा अजात शत्रु आफै राजा बने । बिम्बिसार कैदमा नैं मरे । चाणक्यले मगधमा योग्य सम्राट चहान्थे । उनले अशोकलाई राजसिहसानमा राख्न चाहे । हाहाकार मच्चिए पनि पछि समर्थन पाए । अशोकले १०० जना दाजूभाईसँग चारबर्षसम्म लडे । कान्छो भाइ छोडेर सबै मारिए । अशोक सम्राट बनेपछि साम्राज्य बिस्तार गर्न बंगालदेखि केरलासम्म पुगे । पछि कलिड्सँगको युद्धमा रगतको खोलो बगेपछि उनी हिंसाबाट बिरक्तिएर लुम्बिनीमा गौतम बुद्धको जन्मस्थलमा आएर बौद्धमार्गी बने । लुम्बिनीमा अशोकले स्तम्भ बनाए । यसरी मगधको इतिहासको निर्माणमा चाणक्यको राजनीतिले उच्च स्थान प्राप्त गरेको छ । त्यसैको सन्दर्भमा रामकाजमा विश्वमा ‘कौटिल्यको अर्थशास्त्र’ मार्गदर्शन बनेको छ ।

    नेपालको सन्दर्भमा हिन्दु तथा बौद्ध अस्मिता समाप्त पार्न विक्रम संवत् १४०० तिर बंगालका नबाब सम्सुद्दीनको नेतृत्वमा ३१०० मुसलमान पल्टनले आक्रमण गरेको बेलादेखि अहिलेसम्म त्यस्तो भएको छैन । उसबेलामा लुम्बिनीको बुद्ध जन्मस्गलमा आक्रमण गर्दै, जनकपुर हुँदै पनौतीबाट पशुपतिनाथ माथि आक्रमण गर्न आएका थिए । यसरी मुसलमानको विभत्स आक्रमण समाप्त गर्न जयस्थिति मल्लको नेतृत्वमा तनहु, लम्जुङ्ग, कास्कीका हिन्दुराजाहरुको सहयोगका फौजको आक्रमणबाट २४ हजार मुसलमान फौज मारिए र ६०० भागेका थिए । सो बाहेक नेपालमा मुसलमानहरुले आक्रमण गरेको इतिहास छैन । कारण छ– नेपालको एकीकरणको बेलामा पृथ्वीनारायण शाहले बनारसको भ्रमणको बेला अंग्रेजहरुले हिन्दुहरु माथि आक्रमण गरेको, मारेको, मंदिरहरु भत्काएको देखेर अत्यन्त चिन्तित भएका थिए । त्यो बेला विश्वनाथको मंदिर औरञ्जेवबाट भत्काइएको भग्नावशेषकै रुपमा थियो । त्यो देखेर हिमवतखण्डका स–साना हिन्दुराज्यहरु माथि अंग्रेजको आक्रमणबाट बचाउन बनारसबाटै हतियार बनाउने मुसलमान कालीगड र केही मुसलमान लडाकू लिएर आएकाले नेपालको एकीकरणमा मुसलमानहरु समेतको योगदान पुगेकाले नेपालका मुसलमानहरु नेपालमा आफूहरुलाइृ देशभक्त ठान्छन् । तर एकीकृत विशाल नेपालको इतिहासमा सुगौली संधिको बेला दरबारबाट निस्काशित भएका गजानन्द मिश्र र चन्द्रशेखर उपाध्यायले भारतको मुजफ्फरपुरमा १२/१२ बिघा जग्गा लिएर आफूहरु राजाको प्रतिनिधि हौं भन्दै अंग्रेजले तयार गरेको घातक सुगौली संधिमा हस्ताक्षर गरिदिए । त्यसपछि मारिन्छ भन्ने डरले उनीहरु उतै बसे । त्यसबेला त्यो कीर्ते सुगौली संधिको घनघोर बिरोध भयो । संधिको समर्थन गराउन अंग्रेजहरुले धम्की दिन थालेपछि असंतुष्ट हुँदाहुँदै पनि तराईका राप्तीदेखि टीष्टासम्मका भूभाग अंग्रेजले फिर्ता दिने तर मेचीदखि टिष्टासम्मको भूभागको संवन्धमा प्रतिबर्ष नेपाललाई दुईलाख बुझाउने सर्तमा अंग्रेजले नैं उपभोग गर्ने शर्तमा लिजमा लिएर संधि भएको थियो । यसरी दुईजना लोभी बाहुनहरुले विशाल नेपाल टुक्रयाउने काम गरेका थिए ।

    जङ्गबहादुरको पालामा लखनाउको नवाव बजीर शाहाको बिरुद्ध अंग्रेजलाई सहयोग गरे बापत राप्तीदेखि कञ्चनपुरसम्मको भूभाग फिर्ता पाएको थियो । चन्द्रशम्सेरले अंग्रेजसँग राम्रो संवन्ध कायम राखेका थिए । त्यही मौका पारेर जङ्गबहादुरसँग अंग्रेजहरुले कांगडासम्मको भूभाग पनि चाडै फिर्ता गर्ने शर्त गरेको कुरा चन्द्रशम्सेरले संझाउँदै अंग्रेजलाई भनेका थिए– ‘जङ्गबहादुर दाइसँग महाकालीदेखि कांगडासम्मको भूभाग फिर्ता गर्ने कुरा भएको थियो तर त्यो आजसम्म फिर्ता भएको छैन’ भनेर माग गर्दा अंग्रेजले महाकालीदेखि कांगडासम्मको भूभाग फिर्ता नभइञ्जेलसम्मको लागि नेपाललाई पचास लाख प्रतिबर्ष बुझाउने शर्त कायम भएको थियो । तर भारत स्वतन्त्र भएपछि नेपालका पूर्वमा टीष्टासम्म र पश्चिममा कांगडासम्मको भूभाग न नेपालले फिर्ता पायो न प्रतिबर्ष दिइआएको रुपैयाँ नैं नेपालले पायो । तर नेपालले २०६३ सालको जनआन्दोलनबाट पनि केही पाउन सकेन । अराजकत्ता, असुरक्षा, महंगी संस्थागत भएको छ । हिजो अप्ठ्यारो प¥यो भने राजालाई गुहार्थे । तर नेपाललाई अन्योलग्रस्त बनाएर कम्बोडिया वा अहिलेको अफगानिस्तान जस्तो नेपाललाई गुहयुद्धमा फसाउने बाटो लिए । राजसंस्था र हिन्दु अधिराज्य विस्थापित नगरी इसाई समर्थक राष्ट्रहरुको केही नचल्ने भएपछि नेपालकै पार्टीका लोभी नेताहरुले नेपालका स्थापित मान्यताहरु विस्थापित गर्न सक्रिय भए । नेपालको भौगोलिक, जातीय परिस्थितिको अध्ययन नैं नगरी नेपालका आधारस्तम्भहरु विस्थापित गर्न खोजेकाले हामी सबै भासमा फसेका छौं । नेपालको महानतालाई बचाउन नयाँ मार्गदर्शन तयार गरी यथाशिघ्र निकासको बाटो खोज्न हामी सबै अग्रसर बनौं ।

    प्रतिक्रिया
    थप समाचार