Online Nepal शनिबार, जेष्ठ ५ २०८१

नेपालमा भइरहेका आन्दोलनहरु– ‘राष्ट्रियतालाई मजबुत बनाउन राजसंस्था र हिन्दुअधिराज्यको लागि’

नेपालमा भइरहेका आन्दोलनहरु– ‘राष्ट्रियतालाई मजबुत बनाउन राजसंस्था र हिन्दुअधिराज्यको लागि’


दीर्घराज प्रसाई
  • सोमबार, मंसिर २२ २०७७

  • –दीर्घराज प्रसाई

    हिमवतखण्ड (नेपाल) विश्वको सभ्यताको मूल हो जहाँ ऋषिमुनीहरुको जन्म भयो, वेद, पुराणहरुको रचना भयो, नीतिशास्त्र र मान सभ्यताका मार्गदर्शनहरु स्थापित हुन सकेको यो देवभूमि हो । हिमवतखण्डको यो स्वर्णभूमि नेपाल जस्तो सुन्दर र शान्त एउटा सानो देशलाई सही प्रकारले हिडाउन हामी नेपालीहरुलाई कुनै पनि शक्तिले छेकेको थिएन । तर यस्तो समृद्ध, सौदर्यले भरिपूर्ण भएको, स्वर्णभूमि नेपालको अस्तित्व सिध्याउन विदेशीहरुले यहींभित्रैका दलाल पार्टीका दलाल नेताहरुलाई हातमा लिएर यो पूण्यभूमिको चीरहरण लगाउन थाले । यसरी देश डुबाउन खोजेको देखेर १३ बर्षपछि नेपाल अधिराज्यका हरेक जिल्ला र केन्द्रस्थलमा हजारौं हजार जनताले धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता खारेजीको लागि उघ्र बिरोधमा उत्रिएर राजसंस्था र हिन्दु अधिराज्यलाई यथावत कायम राख्न भौतर्फी रुपमा कोरोनाको महामारीको समयमा जीउज्यानको पनि ख्याल नगरी देशको लागि स्फूर्त जुलुस, आन्दोलनहरु भइरहेका छन् । नेपाल संसारका मुलुकहरु मध्येकै एक सार्वभौम सत्ता सम्पन्न पुरानो मुलुक हो । नेपालको अधोगति हुनुमा यिनैं कांग्रेस, एमाले, माओवादीका गद्दार नेताहरु जिम्मेवार छन् ।

    पार्टीभित्रका कार्यकर्ताहरु पार्टीका नेताहरु भ्रष्ट र राष्ट्रघाती भएको बुझेर पनि पार्टी छोड्न सकेका छैनन् । यद्यपि पार्टीभित्रका कैयौं कार्यकर्ताहरु अहिलेका आन्दोलनमा भित्रभित्रै सरिक भइरहेको बुझिन्छ । २०६३ सालपछि हिन्दु अधिराज्य र राजसंस्था बिस्थापित गरेर यो हिन्दुस्थललाई इसाईकरण गरेर नेपालको अस्तित्व नैं समाप्त गर्न लागेको हुँदा अहिले नेपालको सोचनीय अवस्था छ । यसरी नेपालमा इसाईकरण गराउनमा गोर्खाको लुइृटेल स्कूलमा पढेदेखि नैं बाबुराम भट्टराई क्याथोलीक भएकाले २०६३ सालपछि भारतीय गुप्तचर संस्थाको प्यादा बनेर सबैभन्दा सक्रिय भएर लागे र अहिले भइरहेका आन्दोलनको पनि उनी सक्रि बिरोध गरिरहेका टन् । हो हामी सबैलाई थाहा छ– बाबुराम भट्टराई देशद्रोही हो । बाबुराम भट्टराई लगायत कांग्रेस एमाले र माओवादी भित्रका नेताहरुलाई विदेशी गुप्तचर संस्था, यूरोपका इसाई राष्ट्र र सीआइए समेतले अथाहा आर्थिक सहयोग गरेको बलमा आफ्नैं देश डुबाएर विदेशी खुसी पार्नै कुकर्ममा लागेकाले त्यसैको बिरुद्ध अहिले जनआन्दोलन भइरहेका छन् । अव यो आन्दोलनलाई सत्तासीन नेतृत्व, २०६३ पछिका नेताहरुले जति नैं बिरोध गरेता पनि रोकिनेवाला छैन ।

    नेपालको सुरक्षा र स्थिरताको मेरुदण्डको रुपमा नेपालको राजसंस्था नैं हो भने नेपालको तराई, पहाड, हिमाली क्षेत्रमा सन्तुलन कायम गर्ने र भारतका करोडौं हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा नेपालको गौरवमय पहिचान भनेको विश्वको एक मात्र हिन्दु अधिराज्य नेपाल हो । देशको स्थिति अत्यन्त संकटग्रस्त हुन पुगेकाले ’राजा आऊ देश बचाऊ भन्दै राजासँग ’हारगुहार गर्नुपर्ने स्थिति आएको हो । २०६२ मंसिर ७ गते दिल्लीमा बाबुराम भट्टराईको सक्रियतामा कांग्रेसका गिरिजाप्रसाद कोइराला, एमालेका माधव नेपाल माओवादीका प्रचण्डहरुले १२ बुँदे सहमति गरेर कुकर्म गरेपछि सीआइए र यूरोपका पादरीहरु नेपाललाई इसाईकरण गर्न पैसाको खोलो बगाउँदै नेपाल अहिले विदेशीहरुका चक्रब्यूहले निराजको मुलुक भएको छ । यसहिसावले यहाँका पार्टीका गद्दार नेताहरुले एकीकृत अखण्ड नेपाल ध्वस्त गराउन धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता घोषणा गरेर यो पूण्यभूमिको चीरहरण गरे । अहिले नेपाल लथालिङ्ग भएको छ । अहिले कोरोनाको माहामारीको समयमा पनि जनकपुर, बिरगञ्ज, नारायणगढ, चितवन, झापा, बिराटनगर, हेटौडा, धनगढी, नेपालगञ्ज, कञ्चनपुर लगायत नेपाल अधिराज्यका अन्य विभिन्न जिल्लाहरुमा आन्दोलनमा सरिक भएका असंख्यौं जनताको उपस्थितिले चाडो भन्दा चाँडो राजसंस्था तथा हिन्दु अधिराज्यको पूनर्वाहाली हुनेकुरा निश्चित छ ।

    नेपालमा २०६३ सालपछि कांग्रेस, एमाले, माओवादी पार्टीको सत्ताले जति ब्रम्हलुट मच्चाएर देश डुबाउन खोजेतापनि अव नेपाली जनताले सहेर बस्दैनन् भन्ने कुरा अहिले नेपाल अधिराज्यभरी असंख्यौं जनताको सक्रियतामा आन्दोलनले बताउँछ । विश्वको एक मात्र हिन्दुअधिराज्य नेपाल र विश्वका हिन्दुहरुको लागि गौरवमय पहिचान हो । नेपालभित्रका सम्पूर्ण जाती, धर्म, संस्कृति, परम्परा र देशको सार्वभौमसत्तालाई बचाएर स्थायित्व कायम गर्नसक्ने एक मात्र स्थायी संरक्षक नेपालको राजसंस्था हो । नेपालमा राजालाई विवादमा उतार्न नेपाली कांग्रेस सरकारमा रहेको बेला शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँग आक्रोशित बनेर २०५८ सालमा राजा ज्ञानेन्द्रलाई २०४७ सालको संविधानको धारा १२७ उललेख गरेर सत्ता बुझाएको थियो । राजाले संविधान अनुसार कार्यकारिणी अधिकार ग्रहण गरे । १२७ धारा भन्दा पनि २०४७ सालको संविधानको धारा ३५मा उल्लेख छ– ‘नेपालको कार्यकारिणी अधिकार राजा र मंत्रिपरिषदमा निहीत रहनेछ ।’ राजाले कार्यकारिणी अधिकार ग्रहण गरेर राजनीतिक दलका नेताहरुसँग सरसल्लाह गरे । सबैलाई पद चाहिने । आफू प्रधानमंत्री हुन नपाएपछि कांग्रेसका गिरिजा र एमालेका माधव नेपाल भाँडिए । त्यहीबेलादेखि नेपाललाई अस्तव्यस्त बनाएर नेपालमा विदेशीहरुले जरा गाड्ने निहँु बनाए । विदेशीहरुको सहयोगमा भारतबाटै तालीम प्राप्त नेपालका माओवादी र भारतकै इशारामा कांग्रेस, एमालेले पनि २०६२ साल मंसिरमा १२ बुँदे सहमति गरेर प्रारम्भ भएको जनआन्दोलन राजासँग संझौता भएर बिसर्जन भएको र २०६३ साल वैशाख ११ गते संविधान अनुसार अनुसार सत्ताग्रहण गरेता पनि राष्ट्रघाती माओवादी, कांग्रेस, एमाले दलका नेताहरुले विदेशीको ईशारामा राजालाई धोका दिएर धर्मनिरपेक्ष बनाएर त्यसपछि गणतन्त्र घोषणा गरे ।

    विदेशीहरुको अत्यधीक चलखेल बढेको हुँदा राजाले बडो गम्भिरतापूर्वक सोचेर राजकाज छोडेका थिए । राजा ज्ञानेन्द्रले आन्दोलनकारी दलहरुसँग संझौता नगरी शक्ति पदर्शन गर्न खोजेको भए जनआन्दोलनकारी दलहरु उसैबेला समाप्त भइसकेका हुन्थे । किनकि गिरिजा, माधव नेपाल, माओवादीहरु को हुन् र कहाँबाट संचालिन थिए भन्ने कुरा राजा ज्ञानेन्द्रलाई राम्ररी थाहा थियो । भारतीय र अमेरिकी आदेशमा हिड्ने त्यस्ता गद्दार नेतारुले के उपलब्धि गर्लान् त भन्ने सोचेर राजाले गद्दी त्याग गरिदिएका हुन् । पार्टीका नेताहरुले भडकाएर जुलसुमा उठाएका जनता मारेर राजतन्त्रलाई बचाउने पक्षमा राजा थिएनन् र एकदिन जनताले नैं त्यसको छिनोफानो गर्ने छन् भन्ठानेर राजदरबार त्यागेका थिए । तर त्यसबेला असंवैधानिक गरिकाले गणतन्त्र घोषणा गरेता पनि नेपाली जनताले गणतन्त्रको कहिले समर्थन गरेनन् ।

    राजालाई यो पनि थाहा थियो भारत, अमेरिका र पश्चिमी राष्ट्रहरुले चीन टुक्रयाउन फ्रि तिब्बत नीति कार्यान्वयन गराउन अर्बौ रुपैयाँ खर्च गरेर नेपालमा धर्मनिरपेक्ष र गणतन्त्र जवरजस्ती घोषण गराउनु थियो र धर्मनिरपेक्षको नाममा क्रिस्चियनकरण गरी नेपालको पहिचान ध्वस्त बनाउन थियो । त्योबेला अर्बौं रुपैयाँ पश्चिमी देशहरुले नेपालमा खर्च गर्दैछन् भन्ने कुरा थाहा भइसकेको छ । त्यो स्थितिमा राजाले गद्दी छोड्नु बाहेक अरु विकल्प थिएनन् । किनकि अपराधीहरुसँग भिड्नु भन्दा केही समय पाखा लाग्नु बुद्धिमानी थियो । सत्ययुगमा असुरहरुको आक्रमणबाट बच्न बिष्णु पनि बराह्र रुप लिएर लुकेका थिए । नेपाललाई आधार इलाका बनाएर चीन टुक्रयाउने फ्रि तिब्बतको नीति लागु गर्ने अमेरिकी चासो राजालाई थाहा भएर नैं राजा ज्ञानेन्द्रले नेपालबाट दलाई लामाको नेपाल स्थित कार्यालय हटाएपछि अमेरिका राजतन्त्र बिरुद्ध खनिएको थियो । तर यसलाई नेपालका दलका नेताहरुले बुझ्न नसकेर तिनै विदेशीहरुको पारामा लागेर उनीहरुको भरिया बन्न पुगे । त्यसको परिणाम अहिले नेपाली जनताले भोग्नु परेको छ ।

    बेलायत, जापान, नर्बे, अरव राष्ट्रहरुमा राजसंस्था रहेर उनीहरु आफूहरुलाई सुरक्षित ठान्छन् । बेलायत, स्पेनबाट राजतन्त्र गुमेपछि फेरि पुनसर््थापित भयो । वास्तवमा हिजो राष्ट्रलार्इृ खतरापर्दा नेपालमा पनि गुहार्ने ठाउँ थियो–‘राजा’ । तर अहिले नेपाल निराजको मुलुक भएको छ । देश सबै नेपाली जनताको साझा हो । यो देश बचाउने हामी सबै नेपालीहरुको कर्तव्य हो । पाखण्डी नेताहरु तथा विदेशीहरुको चलखेलबाट योभूमि मुक्त हुनुपर्छ । अमेरिकी स्वार्थले सन् १९५८मा इराकमा राजतन्त्र फालेपछि सद्दाम उसेनको क्रुर तानाशाही नीतिले त्यो स्वर्गभूमि सिया र सुम्नी तथा कुर्दीस मुसलमानहरुको बीचमा भएको गृहयुद्धले लाखौं मान्छे मारिए । इराकलाई फाइदा के भयो ? सन् १९७९मा इरानमा राजा रेजा शाह फहलबीले सत्ता त्यागेपछि इस्लामिक क्रान्तिको नाममा लाखौं इरानी जनता मारिएका छन् र राजतन्त्र भन्दा धार्मिक निरंकुशतामा इरान फसेको छ ।

    सन् १९७९मा अफगानिस्तानमा सोभियतरुसको दबाबमा राजतन्त्र हटेपछि अहिलेसम्म अफगानिस्तान गृहयुद्धमा फसेर अफगानी जनता रगतको खोलोमा पौडी खेल्दैछन् । सन् १९७०मा कम्बोडियामा राजतन्त्र हटाइयो र कम्युनिष्ट सत्ताबाट लाखौं कम्बोडियाली जनता वेकसुरमा मारिए । आखिरीमा सन् १९९३ मा कम्बोडियाका जनताले राजा नरोद्धम सिंहानुकलाई सत्तामा ल्याएपछि कम्बोडियामा शान्ति छायो । यही हिसाबले बेलायतमा सन् १६५९मा विस्थापित राजसंस्था १६६१ मा पुनस्थापित भयो । स्पेनमा राजा अल्फोन्सो तेस्रोले देश छाडेपछि सन् १९६९ मा फ्रान्को राजगद्दीमा फर्केपछि स्पेन स्थिर बन्न पुग्यो । यसरी कतिपय ठाउँमा राजतन्त्रको आरोह–प्रत्यारोह पुनसर््थापना भएको छ । नेपालमा राजसंस्थाको अभावमा नेपालको स्थायित्व हुन सक्तैन । राजसंस्था बारेमा वि.पी कोइरालाको अडान थियो (२०३३पछि)– ‘नेपालमा राजतन्त्र रहेन भने नेपाल भन्ने राज्य पनि रहदैन ।’

    संसारको नजरमा नेपाल आँखो भएको संसारको एकमात्र हिन्दु राजसंस्था भएको देश र विश्वको एकमात्र हिन्दु अधिराज्य भएर नैं हो । हिन्दु राजा र हिन्दु अधिराज्य सुरक्षित रहिरहेमा मात्र सगरमाथा, पशुपतिनाथ, जानकीधाम, गौतम बुद्धको जन्मभूमि, मुक्तिनाथ सबैको सुरक्षा हुन्छ । राजा यो पूण्यभूमिका रक्षक हुन् । नेपालमा राजा रहेसम्म नेपाललाई आफ्नो कब्जामा राख्न सकिदैन भन्ने भारतीय कांग्रेस (आई)ले बुझेको थियो । त्यही हिसाबले भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ जसरी हुन्छ नेपालको राजसंस्थालाई विस्थापित गराउन खुलेर लागेको थियो । त्यसको लागि नेपालकै पार्टीका गद्दार नेताहरुलाई विश्वासमा लिएर पछाडिबाट छुरी हान्नेसम्मका त्रिग्णमहरु अपनाइए । अतः २०६३ सालपछिका सत्तासीन नेताहरुले देशलाई यस्तो संकटग्रस्त बनाइएका छन् कि सानोतिनो प्रयत्नबाट देशलाई बचाउन सकिने अवस्था छैन । लोकतन्त्रको नाममा नेपालका कांग्रेस, एमाले, माओवादी नेताहरुले नेपाली जनतालाई जसरी धोका दिए त्यसरी नैं सहन नसकेर उनीहरुको बिरद्ध जनताले उनीहरुको अव घाँटी समात्न सक्छन् । विदेशीहरुको निर्देशन र ईशारामा माओवादी, कांग्रेस, एमाले र केही राष्ट्रद्रोही नेताहरुले प्रसस्त पैसा खाएर यो पूण्यभूमि माथि लात हान्ने काम गरे । नेपाललाई धर्मनिरपेक्ष बनाएर क्रिस्चियनकरण गर्ने, गणतन्त्र र संघीयताबाट नेपाल टुक्रयाउन विदेशीको एजेण्डालाई सहयोग पु¥याए ।

    राजालाई तर्साउन २०६२/६३ को जनआन्दोलनले रक्तपातको रुप लिन थाल्यो । आन्दोलनको अगाडि अगाडि क्रिस्चियनहरु थिए । उनीहररुले उग्र रुप लिएर तोडफोड् गर्ने राजाका नाममा बार्डहरु भत्काउने आदि इत्यादि गर्न थालेपछि रक्तपातको स्थिति नआओस् भन्नका लागि राजा ज्ञानेन्द्रले आन्दोलनकारीसँग बार्ता गर्न चाहेको हो । राजासँग संझौता गरेर २०६३ वैशाख ११मा जनआन्दोलन रोकिएको थियो । राजा ज्ञानेन्द्रसँग सहमति भएपछि आन्दोलनका नाइके गिरिजाप्रसादले नारायणहिटी राजदरबारको पटाङ्गिनीमा प्रधानमंत्रकिो सपथग्रहण गरेका थिए । त्यसरी आन्दोलनले सकारात्मक रुप लिएपछि त्यो अवस्थालाई तोडफोड गरी राजा र नेपाली जनतालाई धोका दिएर नेपाललाई कब्जा गर्न सोनीया गान्धीको सरकार षडयन्त्ररत थियो ।

    सर्वप्रथम कस्तो षडयन्त्र गरियो भने राजा ज्ञानेन्द्रसँग संझौता भएर आन्दोलन बिसर्जन भएपछि २०६३ साल जेष्ठ ४ गते धर्मनिरपेक्ष घोषित गरियो । धर्मनिरपेक्ष घोषणा भएपनि जनता टुक्रिन्छन् र राजालाई पाखा लगाउन सजिलो हुन्छ भन्ने षडयन्त्रको बिजारोषण भारतीय गुप्तचर संस्था ‘रअ’ बाटै भएको नैं थियो । यसरी नेपालको अस्मिता, एकता र सार्वभौमसत्तालाई खतरनाक अवस्थामा पु¥याएर विदेशी गुप्तचरको पारामा लागेर कांग्रेस, एमाले र भारतीय गुप्तचर संस्थाको भरियाको रुपमा भारतमा नैं तालीम प्राप्त गरिसकेका कथित माओवादीहरुले देशलाई डुबाएर इसाईकरण गर्न विश्वको एकमात्र हिन्दु अधिराज्य र संवैधानिक राजतन्त्रको बिस्थापित गरे आज नेपाल ठूलो संकटमा फसेको छ । यसैकारणले नेपाल अधिराज्य भरी नेपाली जनता स्वस्फूर्तरुपमा यी देशद्रोहीहरुको बिरुद्धमा उत्रेर हिन्दु अधिराज्य यथावतरुपमा कायम गर्न सशक्त भएर लागेका छन् । थाहा भएसम्म अव जतिसक्दो चाडो नेपालमा राजसंस्था र हिन्दु अधिराज्य कायम रही नेपालको अस्तित्व युगयुगान्तरसम्म कायम रहिरहने छ ।

    तर अहिले परिस्थिति बदलिएको छ । पार्टीका नेताहरुबाट भइरहेको राष्ट्रघातबाट देशको अधोगति देखेर नेपाली जनता घर–घर, गाउँ–गाउँबाट राजा र राजसंस्थाको पक्षमा बोल्न लागेका छन् । राजा आऊ देश बचाऊ आज नेपाली जनताको आवाज छ । राजा ज्ञानेन्द्र जहाँ–जहाँ पुग्छन् त्यही जनताको भिड लाग्छ । कुना कुनाबाट राजालाई भेट्न र आफ्ना गुनासा सुनाउन जनता राजाका समक्ष आउछन् । राजा ज्ञानेन्द्र एक राजा मात्र नभएर एक देशभक्त व्यक्तित्व पनि हुन् । प्रजातन्त्र र निरंकुशता बारेमा त परिस्थितिले राजा ज्ञानेन्द्रलाइृ अमूक बनाएको हो । दलका नेताहरुको चहाना अनुसार विघटीत प्रतिनिधिसभा ब्युँताएर, सहज परिस्थितिको चहाना गर्ने र सत्ता ग्रहण गरेपछि निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्न चहाने राजालाई कसरी अप्रजातान्त्रिक भन्ने ? राजा ज्ञानेन्द्र निरंकुश भएका भए नेताहरुलाई एक–एक गरेर दलका नेताहरु सिद्धाउन आदेश दिनसक्थे । तर राजा ज्ञानेन्द्रले हत्याको राजनीति नगरेर सत्ता जिम्मा लगाएका थिए । त्यसैले अहिले वाक्क भएर राजा बोल्न लागेका हुन् ।

    गतसाल पश्चिमाञ्चलका जिल्लाहरुको भ्रमणको सिलशीलामा राजा ज्ञानेन्द्रले बोलेका थिए–‘दलका नेताहरुसँगको संझौतामै मैले गद्दी छाडेको थिएँ तर कार्यान्वयन् भएन । मैले जुन उदेश्यका लागि गद्दी छोडेको थिएँ त्यो उदेश्य पूरा भएन । अव जनताले जे चहान्छन् त्यही हुन्छ । वर्तमान राजनीतिक शासन व्यवस्थाप्रति सर्वसाधारणजत्तिकै मलाई पनि चिन्ता छ ।’ २०७१ साल बैशाख १३ गते राजा ज्ञानेन्द्रबाट चितवनको भरतपुरमा पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानबाट आयोजित कार्यक्रममा जनताको अपार उपस्थितिको बीचमा उच्चकोटीको भावना व्यक्त गरेर नेपालका राष्ट्रवादी जनतामा राष्ट्रियताको उर्जा थप्ने कार्य भएको छ । त्यसअवसरमा राजा ज्ञानेन्द्रबाट व्यक्त भएको थियो–‘प्रकृति बदलिरहन्छ र राजनीतिमा पनि उतार चढाव भइरहन्छ । नेपालको राष्ट्रियताको रक्षा हाम्रो अहम्सवाल हो । पूर्खाले पौरख गरेर जोडेको र जोगाएको राष्ट्रको स्वतन्त्र अस्तित्वलाई हामीले किमार्थ धरापमा पार्नु हुँदैन । अस्थिर अवस्था निरन्तरताको अव्यवस्था तथा राजनीतिक अस्तव्यस्तताका कारण हामी निकै कमजोर हुन पुगेका छौं ।’ यसरी करिब २० मिनेट अभिव्यक्ति दिएर राजा ज्ञानेन्द्रले नेपालको राष्ट्रियता, प्रजातन्त्र र पार्टीका नेताहरुको गिर्दैगएको अवस्थाको उजागर गरेर नेपाली जनतालाई राष्ट्र बचाउन सशक्त बनाएको छ । कांग्रेस, एमाले र माओवादीले राजालाई धोका दिएर विदेशीहरुको गाटी बनेकोमा राष्ट्रिय राजनीतिमा उनीहरुले विश्वशनीयता गुमाइसकेका छन् ।

    राजसंस्था नरहे पनि नेपाल स्वतन्त्रपूर्वक बाँच्छ भने उनीहरुले गणतन्त्रको माग गर्दा पनि हुन्छ तर नेपालको सम्वेदनशीलताको अध्ययन नैं नगरी राजा, भाषा, धर्म, जाति, जमीनको बारेमा गम्भिर विचार नगरी बोल्नु आत्मघाती कुरा हो । अमेरिकी स्वार्थले सन् १९५८मा इराकमा राजतन्त्र फालेपछि सद्दाम हुसेनको क्रुर तानाशाही नीतिले त्यो स्वर्गभूमि सिया र सुम्नी तथा कुर्दीस मुसलमानहरुको बीचमा भएको गृहयुद्धले लाखौं मान्छे मारिए । इराकलाई फाइदा के भयो ? सन् १९७९मा इरानमा राजा रेजा शाह फहलबीले सत्ता त्यागेपछि इस्लामिक क्रान्तिको नाममा लाखौं इरानी जनता मारिएका छन् र राजतन्त्र भन्दा धार्मिक निरंकुशतामा इरान फसेको छ । सन् १९७९मा अफगानिस्तानमा सोभियतरुसको दबाबमा राजतन्त्र हटेपछि अहिलेसम्म अफगानिस्तान गृहयुद्धमा फसेर अफगानी जनता रगतको खोलोमा पौडी खेल्दैछन् । सन् १९७०मा कम्बोडियामा राजतन्त्र हटाइयो र कम्युनिष्ट सत्ताबाट लाखौं कम्बोडियाली जनता वेकसुरमा मारिए । आखिरीमा सन् १९९३ मा कम्बोडियाका जनताले राजा नरोद्धम सिंहानुकलाई सत्तामा ल्याएपछि कम्बोडियामा शान्ति छायो । यही हिसाबले बेलायतमा सन् १६५९माविस्थापित राजसंस्ता १६६१ मा पुनर्सथापित भयो। स्पेनमा राजा अल्फोन्सो तेस्रोले देश छाडेपछि सन् १९६९ मा फ्रान्को राजगद्दीमा फर्केपछि स्पेन स्थिर बन्न पुग्यो ।

    यसरी कतिपय ठाउँमा राजतन्त्रको आरोह–प्रत्यारोह पुनसर््थापना भएको छ । तर संविधानसभाको नाममा नेपाल नैं डुबाउन खोजिएको छ । यो परिस्थितिको मूल्यांकन गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्वमंत्री पी.एल.सिंह लेखेका छन्– ‘प्रजातन्त्रको नाममा प्रजातन्त्रलाई सिध्याउने, संविधानसभाको माला जप्दै मूलुक सिध्याउन पार्टीहरु लागेका छन् । २०४७ को संविधानलाई जनताले फालेका होइनन् । जनताको लागि अझ पनि २०४७ सालको संविधान उपयुक्त छ ।’ दलका पाखण्डी नेताहरु कहिले संवैधानिक राजतन्त्र, कहिले संसदीय व्यवस्था, कहिले गणतन्त्र र जनतन्त्र भन्दै सत्ता खाइरहन नेपाली समाजलाई दिग्भ्रमित बनाइरहेका छन् । तर अहिले कांग्रेस, एमाले, माओवादी अत्ताल्लिएका छन् । भारतीय बलमा प्रधानमंत्री बनेका बाबुराम भट्टराई अहिले राजाको बढ्दो लोकप्रियता देखेर अताल्लिएर ‘राजाले बिथोल्न लागेका छन्’ भन्दै अनर्गलरुपमा जनता भडकाउने काम गर्दैछन् । देश सबै नेपाली जनताको साझा हो । यो बचाउने हामी सबै नेपालीहरुको कर्तव्य हो । देशद्रोही नेताहरु तथा विदेशीहरुको चलखेलबाट यो भूमि मुक्त हुनुपर्छ । नेपालमा राजालाई राजसंस्था सार्वभौम नेपालीको गौरवमय संस्था हो । आज नेपाल अधिराज्यका जनताको माग छ– राजसंस्थाको संरक्षण हामी नेपालीलाई चाहिन्छ । राजसंस्था नेपालको एकताको मेओ हो । २०६३ सालपछि हिन्दुअधिराज्य र राजसंस्था पाखा लगाएर देशलाई अन्धकार भविष्यतर्फ धकेलिएको छ । गणतन्त्र, धर्मनिरपेक्ष र संघीयता भन्ने कुरा नेपालका सार्वभौम अस्तित्व, एकता र पहिचान सिध्याएर नेपाललाई कब्जा गर्न भारतीय कांग्रेस (आई) की सोनीया गान्धी र बदनाम गुप्तचर संस्था ‘रअ’ को दबाबमा नेपालका कांग्रेस, एमाले, माओवादी पार्टीका केही गद्दार नेताहरुलाई प्रयोग गरेर २०६३ सालपछि भित्रयाइएका राष्ट्रघाती बुँदा हुन् । छिमेकी देशहरुलाई कब्जा गर्न र तडपाउन सोनीयाँकी सासु इन्दिरा गान्धीबाट खोलिएको हो त्यो बदनाम गुप्तचर संस्था ‘रअ’ ।

    कांग्रेस र एमालेको कुशासनबाट उठेको थियो माओवादी बिद्रोह । राजदरबार हत्याकाण्डपछि नेपालका माओवादीले राजासँग सहकार्य गर्न लागेको थाहा पाएपछि भारतीय गुप्तचर संस्था ‘रअ’ का तत्कालीन नेपाल प्रमुख पी. हर्मीजको सक्रियतामा माओवादीलाई भारतमा सुरक्षासाथ तालीम दिएर राखिएको थियो । केरलाका पी. हर्मीज क्याथोलीक क्रिस्चियन भएको र माओवादीहरुभित्र पनि धेरै क्रिस्चियन भएकाले माओवादीलाई संझाउन उनलाई सजिलो भएको थियो । माओवादीका बाबुराम भट्टराईसँग उनको पहिलादेखि नैं संवन्ध रहेको र बाबुराम पनि क्याथोलीक भएकाले उनीहरु बीच घनिष्ट संवन्ध कायम हुन स्वाभाविकै थियो । त्यहीकारणले पी. हर्मीजले बाबुराम भट्टराईलाई आफ्नो जन्मथलो केरलामा पनि केही दिन पाहुना बनाएका थिए । दरबार हत्याकाण्डपछि बाबुराम भारतपरस्त र प्रचण्डको राजा परस्त हुन लागेको अवस्थामा यी दुबै माओवादीबीचको झगडालाई पी. हर्मीजले मिलाएर २०५९ सालदेखि नैं भारतमा पु¥याएका थिए । त्यसपछि पी हर्मीजलाई पुरस्कार स्वरुप भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रमुख नियुक्त भए । सोनीया गान्धी, पी हर्मीज, कुख्यात नेपाल बिरोधी श्यामशरण, नेहरु विश्वविद्यालयका नेपाल बिरोधी एसडीमुनी र २०६३ सालपछिका नेपालका राजदूतहरु नेपालमा धर्मनिरपेक्ष र गणतन्त्र लाद्ध इसाईकरण गर्नमा आवद्ध भएका थिए । विक्रम संवत् २०७० सालदेखि भारतमा सत्ता फेरिएर सोनीया गान्धी तथा उनका पार्टीका नेपाली भरियाहरु लाखापाखा लागेका छन् ।

    वास्तवमा नेपाल विश्वको एक मात्र हिन्दु राष्ट्रको रुपमा कायम रहिरहोस् भन्ने बीजेपीको मूलनीतिभित्रको कुरा हो । नेपालमा गणतन्त्र र धर्मनिरपेक्षको पक्षमा सोनीया गान्धीको बाटोलाई कुनै हालतले पनि भाजपाले निरन्तरता दिनेछैन । नरेन्द्र मोदीलाई हिन्दुत्वको अस्तित्व कायम गरेर भ्रष्टाचार बिरुद्ध सक्रिय बन्छन् भनेर नैं भारतमा बीजेपीको पक्षमा जनलहर आएको हो । यता नेपालमा २०६३ सालपछि कथित गणतन्त्र घोषणा गरिएको भनिएको बेलादेखि अहिलेसम्मको अवस्थाको मूल्यांकन गर्दा देश डुब्ने स्थितिमा पुगेको छ । नेपालमा राजसंस्था विस्थापित गरिएको भनिएको बेलादेखि नेपालमा चौतर्फी संकटले सीमा नाघेको छ । इतिहासका भूलहरुबाट सचेत भएर काम गर्न नचाहेकाले इतिहासका धेरै सत्यहरु झुठा साबित हुन पुगेका छन् । यसलेगर्दा नेपाल सम्हालिन नसक्ने अवस्थामा पुगेको छ । एमाले, माओवादी, कांगे्रसका नेताहरुले मुख देखाएर हिड्ने अवस्था छैन । उनीहरु पूर्ण नाङ्गिइसकेका छन् ।

    देशभित्र धर्मनिरपेक्ष, गणतन्त्र, संघीयताताको ज्वालाको आगो लागेको छ । यो आगो निमाउन रासंस्था र विश्वको एक मात्र हिन्दु अधिराज्यलाइृ यथावत कायम राखी नेपाल अधिराज्यभरी चारचौरास नेपाली जनता आन्दोलन गरेका छन् । अव नेपालमा राजाको उपस्थिति र हिन्दु अधिराज्यलाई यथावत कायम नगरिञ्जेलसम्म यो आन्दोलन रोकिने अवस्था छैन । त्यसैले अहिले प्रकाशमय ज्वाला लिएर नेपाली जनता जागेको अवस्था भएकाले अव देशभित्र देशद्रोही अपराधीहरुको शासनव्यवस्था र उनीहरुको लुटतन्त्र समाप्त हुने अवस्था आएको छ । भोलिका दिनमा २०६३ सालपछि देशभित्र विदेशी हस्तक्षेप भित्र्याएर लुट मच्चाउने पार्टीभित्रका भ्रष्टहरुलाई कडा कारवाही गरेर उनीहरुले लुटेको राष्ट्रको स्रोतको राष्ट्रियकरण नगरुञ्जेल अहिले देशब्यपी रुपमा भइरहेको सशक्त देशभक्त जनताहरुको आन्दोलन रोकिनेवाला छैन । नेपालका राजाको लागि नेपालभन्दा प्यारो र नजिकको कुरा केही छैन । नेपालको राजा कुनै विदेशीको कठपुतली बनेर टिक्न चाहदैन । सम्राज्यवादी शक्तिसँग लडेर स्थापित शक्ति हो–राजसंस्था । यसहिसावले राजा ज्ञानेन्द्रलाई ससम्मान निर्मल निवासबाट नारायणहिटी राजदरबारमा भित्रयाएर राज्यरोहण गराएर नेपालको राजसंस्था तथा हिन्दु अधिराज्य यथावत कायम राखेर यो पूण्यभूमिको सार्वभौमसत्ता बचाउन हामी सबै सक्रिय हुनुपर्ने बेला यही हो ।

    Email: [email protected]

    प्रतिक्रिया
    थप समाचार