Online Nepal मंगलबार, बैशाख २५ २०८१

बागमतीका सभामुखलाई मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत फेल गराउन प्रस्ताव

बागमतीका सभामुखलाई मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत फेल गराउन प्रस्ताव


मध्यान्तर
  • शनिबार, चैत्र १७ २०८०

  • काठमाडौं । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले १९ चैतमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत फेल गराउन प्रस्ताव आएको बताएका छन् । आफुलाई बिश्वासको मत  प्रयोजनका लागि बोलाएको बैठकमा अनुपस्थित हुन प्रस्ताव आएको सभामुख पाठकले दाबी गरेका छन् ।

    शनिबार चितवनमा अन्तर्क्रिया कार्यक्रममा उनले मुख्यमन्त्रीलाई २२ चैतभित्र विश्वासको मत लिन नदिन आफूलाई बैठकमा उपस्थित नहुन प्रस्ताव आएको बताएका हुन् ।

    ‘विश्वासको मतमा मलाई अनुपस्थिति हुन प्रस्ताव आएको थियो । दबाब आएको थियो । म अनुपस्थिति भए के हुन्थ्यो  कोशीमा जस्तै घटना हुन्थेन ’ उनले भने ।

    पाठकले उक्त प्रस्तावलाई अस्वीकार गरेको बताउँदै आफूले सभामुखको भूमिका निष्पक्ष रुपमा निर्वाह गर्ने बताए । आफू प्रदेशसभामा खेलाडी नभई एम्पायर भएको भन्दै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताए । तर उनले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठकमा अनुपस्थित हुन कसले दबाब दियो भन्नेबारे भने खुलाएनन् ।

     

    प्रतिक्रिया
    थप समाचार