Online Nepal आइतबार, बैशाख २३ २०८१

संघीय सरकार चाँडै कांग्रेसको नेतृत्वमा बन्छ : पुर्वमन्त्री बस्नेत

संघीय सरकार चाँडै कांग्रेसको नेतृत्वमा बन्छ : पुर्वमन्त्री बस्नेत


मध्यान्तर
  • आइतबार, चैत्र १८ २०८०

  • काठमाडौं  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा जनसंख्या पूर्वमन्त्री मोहन बहादुर बस्नेतले आफू जीवित रहेसम्म सिन्धुपाल्चोकमा कांग्रेस कमजोर हुन नदिने बताएका छन । सिन्धुपाल्चोक २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बस्नेतले नेपाली कांग्रेस लिसंखुपाखर गाउँकार्य समितिले आयोजा गरेको बृहत कार्यकर्ता भेला तथा २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा आफू जीवित रहेसम्म सिन्धुपाल्चोकमा कांग्रेस कमजोर हुन नदिने बताएका हुन ।
    १० महिना स्वास्थ्य मन्त्री हुँदा सिन्धुपाल्चोकमा मात्र ३९ वाटा अस्पतालको भवन निर्माणका लागि वजेट व्यवस्था गरेको उनले बताए । ६ महिना सञ्चार मन्त्री हुँदा ३० वटा टेलिफोन टावर निर्माण गरेको पनि उनले बताए ।
    पूर्वमन्त्री बस्नेतले पार्टी र जनतालाई फाइदा पुग्ने गरी अघि बढ्न पार्टीभित्रका युवाहरुलाई आग्रह गरे । जनताको सुख दुःखमा साथ दिनुहोस् मन्त्री बस्नेतले भने एकतावद्ध भएर अघि बढ्नुहोस् यो ठाउँको विकासका लागि वजेटको अभाव हुन दिन्न । संघ, प्रदेश र स्थानीय तहमा कांग्रेसले एकलौटी चुनाव जित्ने गरी पार्टी संगठनमा खट्न पनि नेता बस्नेतको आग्रह थियो । नेता बस्नेतले युवाहरुलाई आफू नेताहुने गरी काम गर्न पनि आग्रह गरे ।
    बागमती प्रदेश सरकार र संघीय सरकार चाँडै कांग्रेसको नेतृत्वमा बन्ने पूर्वमन्त्री बस्नेतल संकते गरे । त्यसका लागि कसरत भइरहेको उनले बताए ।
    यस्तै पूर्व गृहराज्य मन्त्री विष्णुविक्रम थापाले पार्टीको आधार स्तम्भ भनेको वडा भएकाले आ–आफ्नो वाडको संगठन बलियो बनाउन लाग्न आग्रह गरे ।
    वागमती प्रदेशको वन तथा वातावरण पूर्वमन्त्री मसिना खड्का भन्डारीले यस क्षेत्रको विकास र संमृद्धिका लागि आफू ध्यान केन्द्रित गरेर अघि बढेको बताइन ।
    गाउँ कार्यसमितिका सभापति जोगलाल जेठा लामाको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य विनोद जिसी,रामकुमार थापा,महाधिवेशन प्रतिनिधि राम लामा , युडिर पौडेल ,पार्टी सचिव भक्तभ्वज वोहरा लगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया
    थप समाचार