Online Nepal बुधबार, बैशाख २६ २०८१

इलाम २ मा एमाले, कांग्रेस र रास्वपाका उम्मेदवारले गरे मतदान

इलाम २ मा एमाले, कांग्रेस र रास्वपाका उम्मेदवारले गरे मतदान


मध्यान्तर
  • शनिबार, बैशाख १५ २०८१

  • काठमाडौँ । इलाम २ को उपनिर्वाचनमा एमाले, कांग्रेस र रास्वपाका उम्मेदवारले मतदान गरेका छन् । एमाले उम्मेदवार सुहाङ नेम्वाङ इलाम-७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट मतदान गरेका छन् ।

    यसैगरी रास्वपा उम्मेदवार मिलन लिम्बुले माङसेबुङ(२ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका छन् । यस्तै कांग्रेस उम्मेदवार डम्बर खड्काले इलाम- ७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट मतदान गरेका छन् । बिहान ७ बजेदेखि सुरू भएको मतदान शान्तिपूर्ण रुपमा जारी छ । मतदान साँझ ५ बजेसम्म जारी रहने छ ।

    बम
    एक लाख १६ हजार आठ सय ८९ मतदाता रहेको इलाम २ मा दलका १२ र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि यहाँ सात सय ४५ कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार