काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।
सोमबार, नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ९४ लाख १५ हजार कित्ता सेयर ८ अर्ब ३७ करोड ७३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ३९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०९ वटा कम्पनीको घटेको छ ।
त्यस्तै, नेपाल रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८० करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
गार्डियन माइक्रो लाइफको ४१ करोड ७१ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २४ करोड १७ लाख , साहश उर्जाको २० करोड ४५ लाख, ङादी ग्रुपको १९ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।