काठमाडौँ । सरकारले इरानी नागरिकलाई दिंदै आएको अनअराइभल भिसा बन्द गरेको छ । अध्यागमन विभागका अनुसार अब इरानी सर्वसाधारणले नेपाल भ्रमणमा आउनुअघि विदेशस्थित नेपाली दूतावास वा नियोगबाटै पूर्वस्वीकृति लिनुपर्नेछ ।
सरकारी र कूटनीतिक राहदानीवाहक इरानी नागरिकका हकमा भने यो नियम लागू हुने छैन। सर्वसाधारण र अन्य राहदानीवाहकका लागि भने नेपाल प्रवेशको विन्दुमा दिइने भिसा सुविधा बन्द गरिएको हो।
यो संगी अनअराइभल भिसा नदिने मुलुकको संख्या १३ पुगेको छ । सुरक्षा संवेदनशीलता र अध्यागमन नीतिका कारण यसअघि नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकलाई पनि यस्तो सुविधाबाट वञ्चित गरिएको थियो। अब इरान पनि सोही सूचीमा थपिएको हो।