काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ निर्वाचित हुने दलहरुका सांसदहरुको सूची सार्वजनिक गरेको छ ।
सोमबार आयोगले दलहरुबाट सिफारिस भएका नामहरु सार्वजनिक गरेका हुन् । प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ । आयोगले ११० जनाको नाम सार्वजनिक गरेको हो ।