काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश फेर्केका छन् । उनी शुक्रबार नेपाल फर्केका हुन्। भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्म्मेलनमा उनले आफ्नो भ्रमणको विशेषता पारदर्शीता भएको बताएका छन् ।
उनले भने “धेरैजसो उच्च राजनीतिक भ्रमण बन्द कोठामा हुने के भयो कसो भयो नहुने । त्यस्तो परम्परा नभइकन, हामीले गरेको कुराकानीमा मित्रराष्ट्रका प्रतिनिधि पनि, मेरा सबै बैठकमा कार्यवहाक राजदुत नै उपस्थित हुनुहुन्थ्यो ।”
लामिछानेले विगतमा भित्र एउटा कुरा हुने, बाहिर अर्को कुरा हुने अपारदर्शी कुरा सुनिने गरेको बताए । पारदर्शी छलफल भएको छ ।
भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए ।