Online Nepal बिहिबार, असार ४ २०८३

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित


मध्यान्तर
  • बिहिबार, असार ४ २०८३

  • काठमाडौं ।  प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ । बिहीबार सभामुख डोलप्रसाद अर्यालले बजेट पारित भएको घोषणा गरेका हुन् ।

    अर्थमन्त्री डा.स्वार्णिम वाग्लेले बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । त्यसपछि  अर्थमन्त्री वाग्लेले राखेको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

    त्यसअघि सभामुख अर्यालले उक्त विधेयकका दुईदेखि ११ सम्मका दफालाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

    प्रतिपक्षी सांसदहरूले विनियोजन शीर्षकमा राख्नुभएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो ।

    अर्थमन्त्री वाग्लेले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार