काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरण (NTA) को अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। पछिल्लो मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारले अध्यादेशमार्फत निवर्तमान अध्यक्ष भूपेन्द्र भण्डारीलाई पदमुक्त गरेपछि घिमिरेले प्राधिकरणमा निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। प्राधिकरणको आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण शाखा र महाशाखा प्रमुखका रूपमा लामो समय काम गरिसकेका घिमिरेको आजै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा शपथ ग्रहण हुने कार्यक्रम रहेको छ।