काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले राष्ट्रिय भेला बोलाएको छ । बुधबार कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसर काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व उपसभापति प्रकाशमान सिंहले यहि श्रावण २९ गते भेला बोलाइएको घोषणा गरेका हुन् ।
राष्ट्रिय भेला घोषणा सँगै कांग्रेस अब फुटतर्फ उन्मुख भएको छ ।
सिंहले भने ‘‘हाम्रो राष्ट्रिय भेला साउन २९ गते हुन्छ। काठमाडौंमा हुन्छ। यो थ्रेट होइन। काम गरेर देखाउने हो। हिजो पनि देखाएको हो,’ उनले भने।