Online Nepal आइतबार, बैशाख २३ २०८१

माओवादी केन्द्र प्रवेश गरेकै दिन वडा अध्यक्षको टिकट

माओवादी केन्द्र प्रवेश गरेकै दिन वडा अध्यक्षको टिकट


मध्यान्तर
  • सोमबार, बैशाख १२ २०७९

  • काठमाडौं । २०७४ मा नेकपा एमालेबाट ललितपुर महानगरपालिकाको वडा अध्यक्ष जितेका पुरूषोत्तम खड्का नेकपा माओवादी केन्द्र प्रवेश गरेलगत्तै उम्मेदवार बनेका छन्।

    नेकपा माओवादी केन्द्रका तर्फबाट उनी ललितपुर महानगर वडा नं १८ को उम्मेदवार बनेका छन्।

    खड्का आज बिहान नेकपा माओवादी प्रवेश गरेका थिए। उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खड्कालाई पार्टी प्रवेश गराएका थिए।

    खड्कालाई पार्टी प्रवेश गराउन प्रचण्ड निवासमा नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री पम्फा भुसाल, माओवादी केन्द्रका नेता वर्षमान पुन, शिक्षामन्त्री शशी श्रेष्ठलगायत पुगेका थिए।

     

    प्रतिक्रिया
    थप समाचार