Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

राष्ट्रपतिको निर्वाचन फागुन २५ हुने

राष्ट्रपतिको निर्वाचन फागुन २५ हुने


मध्यान्तर
  • सोमबार, माघ १६ २०७९

  • काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।

    आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

    राष्ट्रपतिको निर्वातनमा संघीय सांसद, प्रदेश सांसद, स्थानीय पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष तथा उपध्याक्षले भोट हाल्न पाउने व्यवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार