Online Nepal बिहिबार, बैशाख २० २०८१

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने तयारी

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने तयारी


मध्यान्तर
  • सोमबार, माघ ९ २०७९

  • काठमाडौँ । निर्वाचन आयोगले २५ फागुनमा राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेको छ । यसबारे आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा सोमबार छलफल समेत गरेका छन् ।

    राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले भोट हाल्न पाउने छन् ।

    वहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि सकिन लागेकोले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गरिन लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार