Online Nepal शुक्रबार, बैशाख २१ २०८१

महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्न राष्ट्रपति बेलायती दूतावासमा

महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्न राष्ट्रपति बेलायती दूतावासमा


मध्यान्तर
  • शुक्रबार, भाद्र २४ २०७९

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेकी छिन् ।

    लैनचौरमा रहेको नेपालस्थित बेलायती दूतावासमा पुगेर उनले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरिन् ।

    राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग कुरा गर्दै महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै श्रद्धाञ्जलि व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    एलिजाबेथ द्वितीयको निधनपछि काठमाडौंस्थित बेलायती दूतावासले झण्डा झुकाएको छ भने दूतावासमा शोक पुस्तिका राखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार