Online Nepal मंगलबार, बैशाख २५ २०८१

असंलग्न आन्दोलनको शिखर सम्मेलनमा आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै

असंलग्न आन्दोलनको शिखर सम्मेलनमा आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै


मध्यान्तर
  • शुक्रबार, माघ ५ २०८०

  • काठमाडौँ । असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै छन् ।

    ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डाको राजधानी कमपालामा भोलिसम्म चल्नेछ ।

    प्रधानमन्त्री प्रचण्ड आजै युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना हुने राजकीय भोजमा सहभागी हुनेछन् ।

    शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सम्मेलन आजदेखि सुरु हुँदै छ ।

    प्रतिक्रिया
    थप समाचार