Online Nepal बुधबार, बैशाख २६ २०८१

एसिसी प्रिमियर कपमा आज नेपालले कतारसँग खेल्दै

एसिसी प्रिमियर कपमा आज नेपालले कतारसँग खेल्दै


मध्यान्तर
  • शनिबार, बैशाख १ २०८१

  • काठमाडौं । एसिसी प्रिमियर कपमा आज नेपालले कतारसँग खेल्दैछ।

    ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार अपराह्न सवा ४ बजेदेखि नेपाल र कतारबीचको खेल सुरू हुनेछ।

    शुक्रबार नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरूवात गरिसकेको छ। शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।

    कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।

    नेपालले तेस्रो खेल हङकङसँग वैशाख ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ। समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार