Online Nepal शनिबार, बैशाख २२ २०८१

ड्युटीमा रहेका प्रहरीको अटोमेटिक पेस्तोल हरायो

ड्युटीमा रहेका प्रहरीको अटोमेटिक पेस्तोल हरायो


मध्यान्तर
  • मंगलबार, बैशाख ११ २०८१

  • काठमाडौं । बाराको अमलेखगन्जमा ड्युटीमा रहेका प्रहरीले बोकेको पेस्तोल हराएको छ ।

    गाँजा तस्करी नियन्त्रणमा खटिएका वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल हराएको हो ।

    अमलेखगन्जबाट उत्तरतर्फको जङ्गलमा जाने क्रममा पेस्तोल हराएको प्रहरीले बताएको छ ।

    आइतबार मध्यरातमा गाँजा तस्करी हुँदै भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय अमलेखगन्जको टोली त्यसतर्फ लागेको थियो ।

    १० राउण्ड गोली भरिएको पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार