Online Nepal बिहिबार, असार ४ २०८३

सेफ सन्तोष साह हाजिरी जमानीमा छुटे

सेफ सन्तोष साह हाजिरी जमानीमा छुटे


मध्यान्तर
  • मंगलबार, असार २ २०८३

  • काठमाडौँ  । सेफ सन्तोष साह हाजिरी जमानीमा छुटेका छन् । शनिबार जनकपुरबाट चेक अनादर तथा ठगी कसुरमा  पक्राउ परेका साह सोमबार हाजीरी जमानीमा छुटेका हुन्

    उनले काठमाडौँ गैरीधारास्थित एक रेस्टुरेन्ट खरिदको क्रममा दिइएको चेक अनादर तथा ठगी कसुरमा प्रहरीले पक्राउ गरेको थियो ।

    साहलाई अनुसन्धानका क्रममा खोजी हुँदा उपस्थित हुने सर्तमा परिवारका सदस्यको जिम्मामा छाडिएको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार