काठमाडौँ । फिफा विश्वकप -२०२६ अन्तर्गत बिहिबार बिहान भएको खेलमा पोर्चुगल र डीआर कंगोबीच बराबरीमा टुंगिएको छ । आज बिहान पोर्चुगल डीआर कंगोसँग १–१ को बराबरीमा रोकिएको हो।
खेलको सुरुवातमै पोर्चुगलले अग्रता लिएको थियो। ७ औं मिनेटमा जोआओ नेभेसले गोल गर्दै पोर्गुगललाई अग्रता दिलाएका हुन्। पहिलो हाफको इन्जुरी समयमा योयाने वीसाले गोल गर्दै कंगोलाई १–१ को बराबरीमा ल्याए।
विश्वकपमा २३ औँ पटक सहभागी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आजको खेलमा गोल गर्न सकेनन् । त्यसपछि दोस्रो हाफमा दुवै टीमले गोल गर्न नसक्दा १–१ अंक बाँड्न बाध्य भए ।