Online Nepal मंगलबार, असार २३ २०८३

पूर्वमन्त्रीद्वय रायमाझी र खाँण भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर

पूर्वमन्त्रीद्वय रायमाझी र खाँण भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर


मध्यान्तर
  • मंगलबार, असार २३ २०८३

  • काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्री दोषी ठहरिएका छन् । जिल्ला अदालत काठमाडौंले आज फैसला गर्दै नेकपा एमालेका नेता पूर्वमन्त्री टोपबहादुर रायमाझी तथा नेपाली कंग्रेसका नेता एवं पूर्वमन्त्री बालकृष्ण खाँणले राज्य विरुद्ध कसुर गरेकाले दोषी देखिएको ठहर गरेको हो।

    यस्तै पूर्व गृहसचिव टेक नारायण पाण्डे, कांग्रेस नेतृ सुजाता कोइरालाका तत्कालीन स्वकीय केशव प्रसाद दुलाल पनि राज्य विरुद्धको कसुरमा दोषी ठहर भएका छन्।

    सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजीत राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी, आङटावा शेर्पाले पनि शरणार्थी प्रकरणमा राज्य विरुद्धको कसूर तथा एकीकृत कसुर गरेको जिल्ला अदालतको फैसलामा उल्लेख छ।

    उनीहरूले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी राज्य विरुद्धको कसुर गरेको ठहर भएको हो।

    यस्तै अर्का भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि दोषि ठहर भएका छन्। त्यसैगरी, उक्त प्रकरणमा प्रतिवादी बनाइएका नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेलले राज्य विरुद्धको कसुरमा मतियार रहेको अदालतको फैसलामा उल्लेख छ।

    सोही कसुरमा टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिँया, हरिभक्त महर्जन, निरन्जन कुमार खरेललाई पनि मतियारको रुपमा दोषी ठहर गरेको छ।

    लिखित किर्तेको कसुरमा भने तीन जनालाई मात्रै दोषि ठहर गरिएको छ। टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र सानु भण्डारी मात्रै दोषि ठहर गरेको छ। अरु सबैले यो कसुरमा भने सफाइ पाएका छन्।

    दोषी ठहरिएकाहरुको कति सजाय हुन भन्ने चाँहि जिल्ला अदालतले अर्को पेसीमा निर्धारण गर्नेछ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार