Online Nepal बिहिबार, असार २५ २०८३

शेयर बजारमा झण्डै २० अंकको गिरावट, कारोबार रकम साढे ४ अर्ब माथि

शेयर बजारमा झण्डै २० अंकको गिरावट, कारोबार रकम साढे ४ अर्ब माथि


मध्यान्तर
  • बिहिबार, असार २५ २०८३

  • काठमाडौँ ।  घरेलु शेयर बजारमा गिरावट आउने क्रम आज पनि जारी रहेको छ। साताको कारोबार दिन नेप्से परिसूचक १९ दशमलव ६७ अंकले घटेर २,६०१ को विन्दुमा ओर्लिएर बन्द भएको छ।

    आज बजारमा तीव्र बिक्री चाप देखिँदा अधिकांश कम्पनीहरूको शेयर मूल्य ओरालो लागेको छ। कुल २२९ कम्पनीको शेयर मूल्य घट्दा मात्र ४२ कम्पनीको मूल्यमा सुधार आएको छ।

    बजार घटे पनि कारोबार रकममा भने राम्रो उपस्थिति देखिएको छ। आज ३६१ कम्पनीको ८७ लाख ५१ हजार ३८० कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

    आजको बजारमा शेयरको तुलनामा ऋणपत्रहरूको कारोबारले अग्रता लिएको छ। सबैभन्दा बढी ग्लोबल आइएमई बैंक डिबेञ्चरको ३५ करोड ५८ लाख रुपैयाँ बराबरको इकाई खरिदबिक्री भयो। यस्तै, एबिएल डिबेञ्चरको २८ करोड ६५ लाख रुपैयाँ र बीओके डिबेञ्चरको २० करोड ८६ लाख रुपैयाँको इकाई कारोबार भएको छ।

    बजार ओरालो लागे पनि उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै १२ दशमलव ६८ प्रतिशत कमाएका छन्। यसैगरी स्नो रिभर्सका लगानीकर्ताले ११ दशमलव ७६ प्रतिशत र प्राइम डिबेञ्चरका इकाईधनीले ५ दशमलव ६१ प्रतिशत नाफा कमाएका छन्।

    भने अर्कोतर्फ, आज सबैभन्दा धेरै गुमाउनेमा बीओके डिबेञ्चरका इकाईधनी रहेका छन्। यसका इकाईधनीले आज ८ दशमलव ६६ प्रतिशतका दरले रकम गुमाएका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार