Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

पोखरा विमान दुर्घटना : २४ जनाको पोस्टमार्टम पोखरामै हुने

पोखरा विमान दुर्घटना : २४ जनाको पोस्टमार्टम पोखरामै हुने


मध्यान्तर
  • सोमबार, माघ २ २०७९

  • काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका २४ जनाको पोस्टमार्टम पोखरामै हुने भएको छ ।

    आइतबार भएको दर्घटनामा परेकाहरुको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)मा राखिएको छ । सोही अस्पतालमा आज २४ जनाको पोस्टमार्टम हुन लागेको हो ।

    शनाखत भइसकेका पोखराका स्थानीय र पारिवारले सोही स्थानमा बुझ्न तयार भएका २४ शवको आज पोस्टमार्टन गर्न लागिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

    पोस्टमार्टम सकिएसँगै शव परिवारलाई जिम्मा लगाइने अस्पतालले जनाएको छ ।

    आज पोस्टमार्टम हुने मृतकहरुमा त्रिभुवन पौडेल, निसान आचार्य, जीवनकला गुरुङ, प्रसिद्धि पौडेल, अरुण पौडेल, लक्ष्मी पौडेल, निरा छन्त्याललगायत रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार