Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

विमान दुर्घटनाप्रति संसदले विशेष प्रस्ताव पारित गर्ने

विमान दुर्घटनाप्रति संसदले विशेष प्रस्ताव पारित गर्ने


मध्यान्तर
  • बिहिबार, माघ ५ २०७९

  • काठमाडौं । प्रतिनिधिसभाले पोखरामा भएको विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने भएको छ।

    प्रतिनिधिसभाको जारी बैठकमा बोल्ने सबै सांसदहरुले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे आ–आफ्नो धारणा राखेका छन्।

    सोही क्रममा बैठकमा बिहीबार नै प्रतिनिधिसभाले पोखरा विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने जानकारी गराइएको हो। १ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार