Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

पोखरामा एक युवकले गरे आत्मदाहको प्रयास

पोखरामा एक युवकले गरे आत्मदाहको प्रयास


मध्यान्तर
  • आइतबार, माघ १५ २०७९

  • काठमाडौं । पोखरा महानगर १३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन् । काठमाडौंमा केही दिनअघि एक युवकले आत्मदह गरेको घटना सेलाउन नपाउँदै पोखरा महानगरपालिका-१३ काहुँखोला बस्दै आएका एकजनाले आइतबार आत्मदाहको प्रयास गरेका हुन् ।

    कास्कीको मादी गाउँपालिका ४५ वर्षीय युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । डेरामा बस्दै आएका उनले बाथरुममा छिरेर पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई बचाउने क्रममा घरबेटीसमेत घाइते भएको वडा नम्बर १३ का वडाध्यक्षले जानकारी दिए ।

    घाइते हुनेमा ४३ वर्षका पुरुष र एक महिला छन् ।प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

    के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार