Online Nepal बुधबार, जेष्ठ २ २०८१

आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम : गृहमन्त्री लामिछाने

आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम : गृहमन्त्री लामिछाने


मध्यान्तर
  • बुधबार, माघ ११ २०७९

  • काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले विगतदेखिकै निराशा र पीडाको परिणाम स्वरुवप प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    फेसबुकमा उनले लेखेका छन्– ‘एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो । दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईँमा आशा जगाउन सकेनौँ, हामीलाई माफ गर्नु होला । तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस् ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार