Online Nepal शुक्रबार, बैशाख १४ २०८१

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज


मध्यान्तर
  • शुक्रबार, माघ १३ २०७९

  • काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ  । आज बसेको संवैधानिक इजलासको फैसलाले लामिछानेको नेपाली नागरिकता कायम नरहेको फैसला गर्दै सासद पद खारेज गरिदिएको हो ।

    उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो ।

    अमेरिकी नागरिक भएका लामिछाने २०७० सालमा भिषा लिएर नेपाल आएका थिए । ०७२ सालमा नेपालको पुरानो नागरिकता प्रयोग गरेर पासपोर्ट बनाएका लामिछानेले अमेरिकी नागरिकता भने ०७५ साल असार ६ गते मात्र परित्याग गरेका थिए ।

    तीन वर्षसम्म लामिछानेले अमेरिका र नेपाल दुवैतर्फको पासपोर्ट राखेका थिए । नागरिकता परित्यापग पछि पनि उनले नेपालको नागरिकता प्राप्तिका लागि प्रक्रिया अघि बढाएका थिएनन् । उनले नयाँ नागरिकताको प्रक्रिया नै नचलाई राजनीतिक दल खोलेर चुनाव लड्न गएपछि मात्र उनको नागरिकता नै वैध नरहेको भन्दै उजुरी परेको थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार