Online Nepal सोमबार, बैशाख १७ २०८१

उपप्रधानमन्त्री लामिछानेको नागरिकता मुद्दामा सुनुवाइ जारी

उपप्रधानमन्त्री लामिछानेको नागरिकता मुद्दामा सुनुवाइ जारी


मध्यान्तर
  • शुक्रबार, माघ १३ २०७९

  • काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ जारी छ।

    यसअघि बुधार इजलासमा सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। यो विवादको आज अन्तिम सुनुवाइ हो।

    आज रवि पक्षका बाँकि वकिल र रिट निवेदकको जवाफी वहस हुनेछ।

    आजको सुनुवाइमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन्।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार