Online Nepal सोमबार, बैशाख १७ २०८१

रवि लामिछानेको मुद्दाको सुनुवाइ हुँदै

रवि लामिछानेको मुद्दाको सुनुवाइ हुँदै


मध्यान्तर
  • बुधबार, माघ ११ २०७९

  • काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवादमा आज अन्तिम सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतमा निष्क्रिय नागरिकता प्रयोग गरी चितवन २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिई निर्वाचित भएका उनलाई अयोग्य घोषित गर्न माग गर्दै सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ सुरु हुन लागेको हो।

    संवैधानिक इजलासले उक्त रिट निवेदनमाथि आजदेखि अन्तिम सुनुवाइ गर्ने र फैसला गर्नेगरी अग्राधिकार दिएको थियो।

    इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहेका छन्। यसअघिको इजलासमा रहेका प्रकाशमानसिंह राउत हटेका छन् भने उनको ठाउँमा विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार