Online Nepal सोमबार, बैशाख २४ २०८१

उपनिर्वाचनको तयारी पूरा, निर्धक्क भएर भोट हाल्न आयोगको अपिल

उपनिर्वाचनको तयारी पूरा, निर्धक्क भएर भोट हाल्न आयोगको अपिल


मध्यान्तर
  • शुक्रबार, बैशाख १४ २०८१

  • काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार ९भोलि० इलाम– २ र बझाङ १ ‘क’ मा हुने उपनिर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

    भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । आयोगले निर्धक्क भएर मतदानमा भाग लिन अपिल पनि गरेको छ ।

    निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको पाण्डेयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै, मतदानका दिन सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको उनले बताए ।

    प्रतिक्रिया
    थप समाचार