Online Nepal शुक्रबार, बैशाख १४ २०८१

अमेरिकाको सिग्नेचर बैंक पनि बन्द

अमेरिकाको सिग्नेचर बैंक पनि बन्द


मध्यान्तर
  • सोमबार, फाल्गुन २९ २०७९

  • काठमाडौं । अमेरिकाको सिग्नेचर बैंक पनि बन्द भर्एको छ । अमेरिकाको बैंक तथा वित्तीय संस्थाको नियामकले सिग्नेचर बैंक बन्द गरेर आफ्नो मातहतमा लिएको हो । गत शनिबार मात्रै सिलिकन भ्याली बैंक बन्द भएको थियो । त्यसको दुई दिनमै यो बैंक पनि बन्द भएको हो ।

    अमेरिकाको ट्रेजरी, फेडरल रिजर्भ र फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी)ले आइतबार साँझ संयूक्त विज्ञप्ति जारी गर्दै यो बैंक बन्द भएको उल्लेख गरेको हो ।

    बैंक बन्द भए पनि उक्त बैंकमा रहेका निक्षेपकर्ताको सबै निक्षेप सुरक्षित हुने पनि बताइएको छ । यो बैंकले उच्च रुपमा क्रिप्टोकरेन्सीमा लगानी गरेकोले समस्यामा परेको बुभिएको छ ।

    कुल निक्षेप ८८.६ बिलियन डलर रहेको यो बैंकका निक्षेपकर्ताले भने निक्षेप फिर्ता पाउने उल्लेख गरिएको छ । यसअघि बनद भएको सिलिकन भ्याली बैंकको लगानी स्टार्टअपमा थियो ।

    प्रतिक्रिया
    थप समाचार