Online Nepal सोमबार, बैशाख २४ २०८१

डढेलो नियन्त्रण गर्न सरकार संवेदनशील बनेन : शेखर कोइराला

डढेलो नियन्त्रण गर्न सरकार संवेदनशील बनेन : शेखर कोइराला


मध्यान्तर
  • शुक्रबार, बैशाख १४ २०८१

  • काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न सरकार संवेदनशील बन्न नसकेको आरोप लगाएका छन् ।

    डढेकोको कारण देशका विभिन्न भागमा भौतिक र मानवीय क्षति पुगेको भन्दै उनले रोकथाम र न्यूनीकरणमा कहाँ चुकियो त्यसको खोजी हुनुपर्ने बताए ।

    शुक्रबार बिहान सामाजिक सञ्जालमा उनले भनेका छन् – यस वर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान गइसक्यो, अरबौँको सम्पत्तिको नाश भइसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ । बर्सेनि डढेलोका कारण हुने नोक्सानी बढ्दै छ  रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ नीतिमा कि व्यवहारमा  सरकार किन यति संवेदनशील र गम्भीर विषयमा मौन छ ।

     

    प्रतिक्रिया
    थप समाचार